newskoseli.Com

चार कुरा होस् गर्नुस नत्र फेसबुक चलाउँदा जेल जानु पर्ला !

सामाजिक संजाल फेसबुकले विश्वभरिका मानिसलाई एकै ठाउमा गोलबन्द गरेको छ । मानिसहरुले सामाजिक फेसबुकमा मात्र नभई सामाजिक संजालमा भएका विभिन्न सुविधाहरुलाई सहि तवरबाट प्रयोग गरेको पाइदैन ।

यसलाई भ्भिन्न तरिकाले धेरै मात्रामा दुरुपयोग गरेको प्रसस्त पाइन्छ । त्यसैले सामाजिक संजालमा पोष्ट गर्न पाइयो भनेर पोष्ट गर्ने, कमेन्ट वा सन्देश पठाउने सबै सामाजिक संजाल करताहरु सजग हुन जरुरी छ ।

किनकि सामाजिक सञ्जालका प्रयोगकर्ता जति बढिरहेका छन् अपराध पनि त्यति नै बढ्दै गएकाले यसबारे विभिन्न कानुन बन्दै आएका छन् ।

त्यसैले नक्कली अकाण्ट बनाउने, भद्दा र अश्लिल कमेन्ट गर्ने, आपत्तिजनक पोष्ट गर्ने, अनलाइनबाटै मानिसहरुलाई धम्काउने वा सताउने गर्दै हुनुहुन्छ भने अब सजग हुनुहोला । त्यसैले आफ्नै एकाउन्ट हो भन्दै मनपरि गर्न थाल्नुभयो भने तपाइको भबिष्य नै खतरामा पर्न सक्छ ।

१. जोशमा होश नगुमाउनुस् :

कुनै पनि सामाजिक सञ्जालमा साम्प्रदायिक भड्काव ल्याउने वा अफवाह फैलाउने ब्यक्ति पनि कानूनी कारवाहीको दायरामा पर्छन् । यस्ता ब्यक्तिलाई पनि सार्वजनिक अपराधकै मुद्धामा सजाय हन सक्छ ।

२. नक्कली अकाण्टबाट बँच्नुस् :

कुनै पनि ब्यक्तिले नक्कली अकाण्ट बनाउनु र त्यसको प्रयोग वा दुरुपयोग गर्नु कानूनी कारवाहीको दायरमा पर्छ । यसो गर्दा तपाइँ प्रहरीको फन्दामा पर्न सक्नु हुन्छ । कुनै पनि ब्यक्तिको अकाण्टबाट अरुलाई घोंचपेच वा दुरुपयोग गर्नेलाई पनि सजाय हुन सक्छ ।

अश्लिल सामग्रीबाट टाढै रहनुस् :

सामाजिक सञ्जालमा अश्लिल सामग्री आदान प्रदान गर्ने वा कुनै अश्लिल कमेन्ट वा कुराकानी गर्ने बानी छ भने आजै देखि छोड्नुस् । अझ कुनै केटा केटीलाई यस्तो गर्नै हुँदैन । यसो गर्दा अनलाइन यौन दुर्व्यवहार वा शोषणको मुद्धामा जेल जान सक्ने खतरा हुन्छ ।

३. कमेन्ट गर्दा ध्यान दिनुस् :

सामाजिक सञ्जालमा कुनै पनि पोष्ट देख्नु भो भने त्यसलाई लाइक गर्नु वा कमेन्ट गर्नु अघि एक पटक राम्ररी पढ्नुस् । कुनै पनि कन्टेन्ट आपत्तिजनक छ भने त्यसलाई लाइक वा कमेन्ट नगर्नुस् । कुनै पनि ब्यक्तिले राखेको आपत्तिजनक पोष्ट वा सामग्रीमा तपाइँले लाइक वा कमेन्ट गर्नु भो भने साइवर कानूनले तपाइँलाई समेत जेलको हावा खुवाउन सक्छ ।

४. पोष्ट गर्नु अघि सोंच्नुस् :

कुनै पनि सामग्री वा स्ट्याटस फेसबुकमा वा ट्वीटरमा राख्नु अघि एक पटक विचार गर्नुस् । तपाइँको पोष्ट अश्लिल वा भडकाउ अथवा मानहानी गर्ने खालको छ वा कसैको मानमर्दन र निजि कुराको खुलासा गर्ने किसिमको छ भने तपाइँ समस्यामा पर्न सक्नु हुन्छ । त्यसैगरी कसैको पोष्टमा अश्लिल सामग्री राखिदिनु वा अश्लिल कमेन्ट गर्दा पनि समस्या आउन सक्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर