newskoseli.Com

मास्टर्स प्रहरी निरीक्षक : काम पनि मास्टर्स !

853,7528,1112,1106,79,1058,213,211,336,26201,231

भनिन्छ, जहाँ असल नेतृत्वले राज गर्दछ, अवश्य नै त्यहाँको समृद्धि हुन्छ । त्यस्तै असल नेतृत्व पाएकैले सरकारी कोषमा रकमको बृद्धि गर्न तथा समाजमा शान्तिको अभाष दिन सफल भएको छ इलाका प्रहरी कार्यालय दयानगर–छपिया रुपन्देही ।

मंसिरमा सरुवा भई आएका प्रहरी निरीक्षक भोजराज पाण्डेले उक्त इलाका प्रहरी कार्यालय सम्हाल्ने अवसर पाएपछि अहिले प्रहरीबाट पाउने हरेक प्रकारका सेवासुविधा छिटो र छरितो रुपमा पाइएको छ । त्यसैले खुसी छन् दयानगर, पश्चिम अमुवा, मानपकडी, मानमटेरिया र फर्साटिकर गरी ५ गाविसका नागरिकहरु ।

१७ वर्षदेखि प्रहरी सेवामा समर्पित प्रहरी निरीक्षक पाण्डे एउटा प्रहरी मात्र नभएर सचेतक तथा जनचेतनाका सम्बाहक पात्र समेत बन्न सफल भएको प.अमुवाका स्थानीय राजीव क्षेत्री बताउँछन् । मास्टर्स डिग्री उत्तीर्ण गरिसकेका र कामकाजमा पनि उत्तिकै कुशल भएकाले पाण्डेले दुई–दुई पटकसम्म शान्ति मिसनमा जाने अवसर समेत प्राप्त गरिसकेका छन् ।

पछिल्लो समय उनी आफ्नै नेतृत्वमा अवैध मदिरा नियन्त्रणको अभियानमा लागेर चर्चा र जनताको स्यावासी बटुल्न सफल भएका छन् । ८ महिनाको कार्यकालमा समाजलाई आवश्यक अरु धेरै सकारात्मक काम गरेर जनताको मन जितेका छन् । राम्रोलाई ताली र नराम्रोलाई गाली भन्ने कथनअनुरुप तालीको भागिदार हुने अवसर प्राप्त गरेका छन् प्रहरी निरीक्षक पाण्डेले ।

853,3360,0,1488,96,1024,67,73,276,25046,0

पाण्डेको नेतृत्वमा चलेको इप्रकाको ८ महिने प्रगति विवरण हेर्दा इलाका प्रहरी कार्यालय छपियाले ३७ ट्रयाक्टर, ४ ट्रिपर, १ स्काभेटरलाई अवैध रुपमा नदीजन्य वस्तुहरुको चोरी निकासी गरी बिक्रीवितरण गर्दैगर्दा पक्राउ गरेर जिविसमा पठाएको देखिन्छ । जसबाट राज्यकोषमा १० लाख ६५ हजार राजश्व संकलित भएको छ ।

त्यसैगरी, मापसे गरेर सवारी चलाउनेहरुमाथिको चेकिङलगायत ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई ट्राफिक प्रहरीको जिम्मा लगाई जरिवाना वापत २ लाख ९० हजार राजश्व संकलनमा पाण्डे नेतृत्वको इप्रकाले योगदान दिएको छ । आ.व. २०७१–०७२ को १ वर्ष र ०७२–७३ को ५ महिनामा जम्मा ३ वटा मात्रै यस्ता कारबाही भएर चलान गरिएको तथ्याङ्कहरुले देखाउँछन् ।

आ.व. ०७१–०७२ मा २ सय ८३ वटा घरेलु तथा महिला हिंसासम्बन्धी निवेदन परेकामा पाण्डेको ८ महिने कार्यकालमा ९० वटा हिंसाका निवेदनहरु परेको प्रहरीको तथ्याङ्कले देखाउँछ । यी तथ्यांकहरु हेर्दा इलाका प्रहरी कार्यालय छपियाको स्थापना भएदेखि हालसम्मकै सबैभन्दा सर्वोउत्कृष्ट कार्यहरु यही अवधिमा भएको देखिन्छ ।

प्रत्येक पटक अपराधी पक्राउ गर्दा र अवैधानिक कार्यलाई रंगेहात पक्रन सफल हुँदा स्थानीयको रोहबरमा आधा–एक घन्टा ती अवैध कार्यबारे प्रशिक्षण दिई जनचेतना जगाउनुले इलाका प्रहरी कार्यालय छपियाले हेर्ने ५ गाविसमा अनैतिक कार्यहरु ५० प्रतिशतभन्दा बढ्ता कम भएको स्थानीवासीको भनाइ छ ।

उच्च शिक्षा, लामो अनुभव तथा युवा जोस बोकेका पाण्डेले बढ्दो साइबर क्राइमलाई रोक्न साउनमा ५ गाविसका कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई साइबर क्राइमसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेर जनचेतना फैलाउने योजना बनाइएको बताए ।

आपराधिक गतिविधिहरु निर्मूल पार्न भेला बोलाएर आफैं प्रशिक्षण दिन सक्रिय पाण्डेको नेतृत्वले कार्यालयको नक्सा नै बदललिदिएर नयाँ रौनक भित्र्याएको प्रहरी जवानहरु बताउँछन् । उनीहरुले भने–‘पाण्डेसर आएपछि धेरै राम्रो भएको छ, सबै खुसी छन् र हामी पनि खुशी छौं । ८ महिनाअगाडि कार्यालयको बाउन्ड्री समेत थिएन, चारैतिर पानी जम्ने खाल्डाखुल्डीहरु मात्र थिए, गेटमा पहाडमा हुने बाँसको तुवाँलोजस्तै थियो । अहिले सबै परिवर्तन भएर राम्रो भएको छ ।’

छेउछाउमा लगाइएका अशोकाका बोटहरुले आगामी ४–५ वर्षमा कार्यालयलाई हरियालीपूर्ण बनाएर यसको आकर्षणलाई नै नयाँ मोड दिन्छ । पाण्डे भन्छन्– ‘उहाँको–मेरो सरुवा भएर के भो र ! मैले गरेको कामको फल पछि आउनेले त लिन पाउँछन् नि । कम से कम फलानो निरीक्षकको पालामा भएका काम भनेर सम्झना गरिनु अनि प्रशंसा पाउनु नै मेरा उपलब्धि हुन् ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर