
१३ जुलाई वुधवार नेपाली साहित्यको विकास र बिस्तारमा सहयात्री बन्दै कविता विधामा कलम चलाउने कविहरूको हौसला प्रदान गर्ने उद्देश्यले आदिकवी भानुभक्त आचार्यको २०३ औ जन्म जयन्तीको अवसरमा अन्तराष्ट्रिय ‘नेपाली साहित्य समाज इजरायल च्याप्टर’ र ‘गैर आवासिय नेपाली संघ’, ‘अन्तर्राष्ट्रिय समन्वय परिषदको संस्कृति, सम्पदा’, भाषा तथा साहित्य प्रवर्द्धन समितिद्वारा आयोजित ‘अनलाइन कविता प्रतियोगिता २०७३’मा उत्कृष्ट ५ कविहरूलाई पुरस्कृत गरिएको छ ।
पुरस्कृत हुनेहरूमा क्रमशः विकाश अधिकारीको ‘शैलपुत्र’, भित्रको ‘सपनाहरुको अवतरण’, जीवन खत्रीको ‘बालुवाको मरुभूमिबाट’, इन्नोसेन्ट राजनको ‘जुनेली र देश’, सुबेन बम्जनको ‘देश बाँच्न चाहन्छ’ र निलम निश्चल याक्थुङवाको ‘परदेशको पीडा’ शिर्षकका कविता उत्कृष्ट ५ घोषणा भएका थिए । उत्कृष्ट ५ हुने कविहरूलाई जनही ५ हजार रुपैया र प्रमाणपत्र प्रदान गरिएको आयोजक पक्षले जानकारी दिएका छन् ।
‘अनेशास इजरायल च्याप्टर’ अध्यक्ष तथा उक्त कार्यक्रम सभापति भगवती बस्नेतले उत्कृष्ट पाँच कविता चयन गर्न लागि पर्नुहुने निर्णायकद्वय वरिष्ठ साहित्यकार इन्दिरा प्रसाई तथा काव्य विशेषज्ञ डा. शैलेन्दुप्रकाश नेपालप्रति हार्दिक आभार प्रकट गरे ।
प्रतियोगितामा सहभागी केही प्रतियोगी कविहरूले आफ्नो कविता आफ्नै स्वरमा वाचन गरेर कार्यक्रममा सुनाए ।