newskoseli.Com

फरक प्रतिभालाई प्रोत्साहन गर्नै पर्छ

फरक क्षमता भएका व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक डिफरेन्टली एवल्ड आइडल २०१६ नामक प्रतिस्पर्धा गरिने भएको छ ।

आभा ग्रुपले आयोजना गरेको आइडलमा विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिले भाग लिन पाउने भएका छन् । आइडलका लागि जुनसुकै उमेर समूहले पनि आवदेन दिन सक्ने बताएका छन् । छनोट प्रक्रियामा सहभागीले आफ्नो प्रतिभा गायन, नृत्य, अभिनय तथा जुनसुकै कलाको माध्यमबाट देखाउन सक्ने छन् ।

भदौ २६ गते हुने आइडलका लागि यही साउन ३ गतेदेखि देशभर आवेदन खुल्ला गरिने छ । आवदेन दिने मिति सकिएपश्चात् काठमाडौँका विभिन्न ठाउँबाट साउन २५ बाट अडिसन लिइने छ ।

“पहिलो वर्ष भएका कारण यस पटक काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा मात्र आयोजना गर्न लागिएको हो, तर आगामी वर्षदेखि सबै जिल्लाबाट छनोट गरिने छ”– कार्यक्रम संयोजक चित्र पौडेलले बताए ।

उत्कृष्ट २० मा फाइनल प्रवेश गर्ने सहभागीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिभा देखाउने अवसर दिइने छ । तीन जना आइडललाई प्रतिव्यक्ति रु २५ हजार पुरस्कार प्रदान गरिने छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर