newskoseli.Com

कच्ची सडकमा बाइक कुदाउने कि हजुर ?

त्यसै त दुई पांग्रे मोटरसाइकल– यात्रा अवधिभर सधैं नै खतराको सूचक । त्यसमाथि ‘हल्का, सामान्य र मोर कन्फिडेन्सएबल’ ठानेर झन्डै ८० प्रतिशतले मोटरसाइकलको अवस्था दुरुस्त राख्दैनन् ।

अझ पहाडी कच्ची बाटोको ढुङ्गे ढाँड होस् या लेसाइलो माटोको चिप्लेटी गोरेटो– दुई पांग्रे मोटरसाइकलधारी यात्रुहरुका निम्ति पूरै खतरनाक । तर, छिटोछरितो, आफ्नै तालमा पुग्न र फर्कन पाइने लोभ । भर्खरै ‘टिनएज’ काटेका तन्नेरीहरु त पहाडी भूगोलका कच्ची बाटोमा मोटरसाइकल यात्रालाई ‘मस्ट एड्भेन्चरस’ नै ठान्ने गर्दछन् ।

झन् उमेरसुहाउँदा विपरीतलिङ्गीहरुका उत्तेजक हाउभाससँगैका कच्ची बाटोका मोटरसाइकल यात्रा धेरैतिर ‘काल निम्त्याउने ओखती’ नै बनेका देखिन्छन् ।

यति मात्रै कहाँ हो र ! बर्खेमासको मुसलधारे पानीले क्षतविक्षत बनाएका देशभरका कच्ची सडकहरु सवारी साधन र यात्रुका निम्ति ‘नर्ककै यात्रा’ सावित हुन्छन् । तपतपाउँदो झरीमा रुझ्दै ढुंगामाटोको समुचित मिश्रण भएका सडकमा पुगियो भने माटोजति पखालिएर सवारी गुडाउनै नहुने ढुंगेकंकालजस्ता बाटा भेटिन्छन् । अनि माटैमाटो भएको ‘सडकखण्ड’ मा पुगियो भने हिलाम्ये भासमा फसिन्छ ।

बर्खे कच्ची बाटाको बाइक यात्राको एक उदाहरणका लागि हेर्नोस् माथिकाे तस्बिर ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर