newskoseli.Com

प्रमद्वारा स्व. साहित्यकार प्रदीपप्रति श्रद्धाञ्जली

प्रधानमन्त्री केपी शर्मा ओलीले दिवङ्गत साहित्यकार रामप्रसाद शर्मा प्रदीपको पार्थिव शरीरमा शनिबार श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा राखिएको प्रदीपको पार्थिव शरीरमा प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली दिएका छन् ।

नेकपा ‘एमाले’का वरिष्ठ नेता झलनाथ खनाल, सचिव प्रदीप ज्ञवाली, पशु विकासमन्त्री शान्ता मानवी, प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. दीपेन्द्रदेव गिरी, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष खर्गेन्द्र राई, प्रगति लेखक सङ्घका अध्यक्ष मातृका पोखरेललगातले उनप्रति श्रद्धाञ्जली अर्पण गरे ।

उनको शरीरलाई १२ बजेसम्म प्रज्ञाप्रतिष्ठानमा राखिने छ र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । साहित्यकार प्रदीपको शुक्रबार ६८ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर