
छुरा प्रहारको घटनामा संलग्न १९ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । छुरा प्रहारको यो घटना ब्रिटिस म्युजियम र लन्डन विश्वविद्यालयको नजिक भएको हो ।
हत्या गरिएकी ती ६० वर्षीया महिलाको उपचारकै क्रममा मृत्यु भएको हो । अन्य घाइतेको अवस्थाका बारेमा केही बताइएको छैन । पक्राउ परेका व्यक्तिको पनि प्रहरी सुरक्षामा अस्पतालमा उपचार भइरहेको छ ।
“प्रारम्भिक अनुसन्धानमा छुरा प्रहारमा संलग्न व्यक्तिको मानसिक स्थिति ठीक नरहेको पाइएको छ तर हामी यो घटना आतंकवादबाट अभिप्रेरित रहे नरहेको जाँच गर्दैछौं,” प्रहरी अतिरिक्त उच्चायुक्त मार्क राउलेले १ वक्तव्य जारी गर्दै बताएका छन् ।
रसेल एस्क्वाएरका बासिन्दा कन्स्टान्टिन सोमरभिल्ले भन्छिन् ः “यो निकै सुरक्षित क्षेत्र हो र ज्यादै शान्त स्थान हो – तर यस्तो शान्त क्षेत्रमा पनि किन कुनै व्यक्तिले आक्रमण गर्यो बुझ्न सकिएन ।”
फ्रान्स, जर्मनी लगायतका युरोपेली मुलुकहरुमा पछिल्ला दिनहरुमा आइएस समर्थित व्यक्तिहरुले ठूलै जनधनको क्षति पुर्याइरहेका छन् । रासस/एएफपी