newskoseli.Com

७ हजार ९सय शरणार्थी कङ्गोमा

दक्षिण सुडानमा शरणार्थी जीवन यापन गरिरहेका कम्तीमा ७ हजार ९  सय शरणार्थी कङ्गो पुगेका स्थानीय अधिकारी हालै जानकारी दिएका छन् ।दक्षिणी सुडानमा जारी झडपका कारण ती शरणार्थीहरु गत २ हप्तायता त्यहाँबाट विस्थापित भएर कङ्गो पुगेका अधिकारीले जनाएका छन् । सो स्रोतका अनुसार विस्थापित भएका ती शरणार्थी जुबा, मोरोबु र येइ क्षेत्रका रहेका र त्यसमा महिला बालबालिका र बृद्धहरुको सङ्ख्या बढी रहेका थिए ।

यसैगरी दक्षिण सुडानमा शरणार्थीको जीवन बिताइरहेका करिब २ लाख ५० हजार आप्रवासी शरणार्थी पछिल्ला झडपका घटनाबाट असुरक्षित बनेका छन् । ती शरणार्थीलाई सुरक्षाका लागि पहल गर्न राष्ट्रसङ्घलाई अनुरोध गर्दै आएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले हालै सार्वजनिक गरेको छ दक्षिण सुडानमा दुई प्रतिस्पर्धी सैन्य समूहबीचको केही हप्ता अघिबाट सुरु भएको झडपको कारण करिब ६० हजार व्यक्ति विस्थापित भइसकेका संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने संस्थाले हालै सार्वजनिक गरेको छ ।

विस्थापितमध्ये ठूलो सङ्ख्या अर्थात ५२ हजार सुडानी नागरिक युगान्डामा शरण लिन पुगेका बताइएको छ । त्यसैगरी केही शरणार्थी केन्या पुगेका राष्ट्रसङ्घद्वारा गत मङ्गलबार जारी १ विज्ञप्तिमा जनाइएको थियो । विश्वको नै कान्छो देश दक्षिणी सुडानमा सन् २०१३ मा सुरु भएको गृहयुद्धका कारण करिब  ९लाख दक्षिण सुडानी नागरिकहरु देश छोडेर शरणार्थी जीवन बिताउन बाध्य भएका छन् । सुडानमा सन् २०१३ को तथ्याङ्कअनुसार जम्मा १ करोड १० लाख जनसङ्ख्या रहेको थियो ।

सुडानमा व्याप्त द्वन्द्व अन्त्यका लागि भन्दै द्वन्द्वरत पक्षबीच सन् २०१५ मा युद्धबिराम गरी शान्ति वार्ता सुरु गरिएको भए पनि पटक–पटक द्वन्द्वरत पक्षबीच असमझदारी देखिँदा झडपका घटना भइरहेको पाइन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर