newskoseli.Com

टर्कीका राष्ट्रपति रसियामा

 टर्कीका राष्ट्रपति रेसेप तेयप एडोगान रसिया पुग्नुभएको छ ।

रसियाली सञ्चार माध्यमका अनुसार रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र उनका समकक्षी एडोगानबीच भएको भेटवार्तापछि रसियाले टर्कीसँगको आर्थिक सहकार्यलगायतका सम्बन्धहरु पुनःस्थापना गर्न तयार भएको छ ।

गत नोभेम्बरमा सिरियाको सिमानानजिकै टर्कीले एउटा रसियाली विमानलाई गोली हानेर खसालेपछि टर्की र रुसबीचको सम्बन्धमा चिसोपन आएको थियो ।

गत महिना टर्कीमा भएको असफल सैन्य विद्रोहको प्रयासपछि राष्ट्रपति एडोगानको यो पहिलो विदेश भ्रमण हो ।

सेन्ट पिटर्सबर्गमा यी २ नेताबीच भएको यस भेटघाटमा एडोगानले असफलसैन्य विद्रोहपछि लगत्तै पुटिनले गर्नुभएको टेलिफोन वार्ताको लागि घन्यवादसमेत दिएका थिए ।

यस सैन्य विद्रोह प्रयासमा संलग्न भएको आरोपमा आफ्नो देशभित्र हजारौ नागरिकलाई एडोगानले गरेको कारबाहीलाई लिएर टर्की र पश्चिमा देशहरुबीच आएको चिसोपनको विषयलाई लिएर एडोगान रसिया भ्रमणमा गएकाे बताएका छन् ।

एडोगानको रसिया भ्रमणबाट २ देशबीचको सम्बन्ध अत्यन्त सकारात्मक भएको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर