newskoseli.Com

साहित्यकार घिमिरेलाई वाणी पुरस्कार

वाणी प्रकाशन विराटनगरले हरेक वर्ष समर्पण गर्दै आएको ‘रूपात्रेय–शान्ता वाणी पुरस्कार’ यो वर्ष वरिष्ठ साहित्यकार एवम् साहित्यिक पत्रकार रोचक घिमिरेलाई प्रदान गरिएको छ ।

शनिबार विराटनगरमा आयोजित कार्यक्रममा घिमिरेलाई वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईले पुरस्कार र सम्मानपत्र प्रदान गरेका हुन् । भाषाशास्त्री बालकृष्ण पोखरेलले श्रीमती शान्ताको स्मृतिमा पुरस्कार स्थापना गरेका हुन् ।

कार्यक्रममा भट्टराईले रचना साहित्यिक पत्रिकाका सम्पादक समेत रहेका घिमिरेलाई नगद ३० हजार रूपैयाँ र सम्मानपत्र प्रदान गरेका थिए ।

त्यस्तै सोही अवसरमा आयोजित प्रतियोगितात्मक महिला कविगोष्ठीमा कवयित्री सुमित्रा भट्टराई प्रथम, मीरा पोखरेल द्वितीय, निर्मला कोइराला र अजिता प्रधान तृतीय भएका थिए ।

त्यस्तै सोही अवसरमा साहित्यकार प्रा.डा. टङ्क न्यौपानेले ‘झर्रोवादी आन्दोलनको ६० वर्षलाई फर्केर हेर्दा’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा भाषाशास्त्री बालकृष्ण पोखरेल, अग्रज साहित्यकार दधिराज सुवेदी, चूडामणि रेग्मी, शोभा लामा बल, बाबुराम श्रेष्ठ वर्षा, गण्डकीपुत्र, मीनकुमार नवोदित, माया पौडेल, शिवनारायण पण्डित सिंगल, काशीनाथ बराललगायतले मन्तव्य राखेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर