newskoseli.Com

आइएसविरुद्ध संयुक्त कारबाही गर्ने रसिया र टर्कीको तयारी

टर्कीले रसियालाई बिहीबार सिरियाका जिहादी समूह इस्लामिक स्टेट्स (आइएस) विरुद्ध संयुक्त कारबाही अघि बढाउन आह्वान गरेको छ । रसियाको भ्रमणमा पुगेका टर्कीका राष्ट्रपति रेसेप तायिप एर्डोगान र रसियाली राष्ट्रपति भ्यादिमिर पुटिनबीच भएको एक महत्वपूण वार्ताका क्रममा टर्कीले सो आग्रह गरेको हो ।

यस विषयमा रसियासँग विस्तृत छलफल गर्ने र आइएस विरुद्धको कारबाहीमा रसियासँग मिलेर संयुक्त कारबाही गरिने टर्कीका विदेश मन्त्री मेभ्लुत क्याभ्उसोग्लुले  १ निजी टेलिभिजनलाई दिनु भएको अन्तवार्तामा बताएका छन् । यो प्रस्ताव पहिलो पटक टर्कीको तर्फबाट आएको भन्दै यसका लागि आवश्यक मात्रामा छलफल हुन बाँकी नै रहेको पनि उनले बताए ।

उनले भने– यो प्रस्ताव पहिलो पटक टेबलमा आएको छ र यस विषयमा विस्तृत छलफल गरी सहमतिमा पुगिने छ ।टर्कीका राष्ट्रपति रेसेप रसिया भ्रमणमा छन् । उनले आफ्ना रसियाली समकक्षी भ्लादिमिर पुटिनसँग भएको भेटवार्तापछि रसियाले टर्कीसँगको आर्थिक सहकार्यलगायतका सम्बन्धहरु पुनःस्थापना गर्न तयार भएको जानकारी दिएका  थिए ।

गत नोभेम्बरमा सिरियाको सिमानानजिकै टर्कीले एउटा रसियाली विमानलाई गोली हानेर खसालेपछि टर्की र रसियाबीचको सम्बन्धमा चिसोपन आएको थियो ।
गत महिना टर्कीमा भएको असफल सैन्य विद्रोहको प्रयासपछि राष्ट्रपति एर्डोगानको पहिलो विदेश भ्रमण रसिया भएको हो । सेन्ट पिटस्बर्गमा यी २  नेताबीच भएको यस भेटघाटमा एर्डोगानले असफल सैन्य विद्रोहपछि लगत्तै पुटिनले गएकाे टेलिफोन वार्ताको लागि घन्यवादसमेत दिएका थिए।

यस सैन्य विद्रोह प्रयासमा संलग्न भएको आरोपमा आफ्नो देशभित्र हजारौ नागरिकलाई एर्डाेगानले गरेको कारबाहीलाई लिएर टर्की र पश्चिमा देशहरुबीच आएको चिसोपनको विषयलाई लिएर एर्डोगान रसिया भ्रमणमा जानुभएको बताइएको थियो । एर्डोगानको रसिया भ्रमणबाट २  देशबीचको सम्बन्ध अत्यन्त सकारात्मक भएको बताइएको छ । यसपछि टर्कीले पनि आइएस विरुद्धको कारबाही संयुक्त रुपमा गर्नको लागि रसियालाई आह्वान गरेको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर