newskoseli.Com

निःशुल्क अकुपञ्चर शिविर सम्पन्न

 मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित कोरिया–नेपाल मैत्री अस्पतालमा सञ्चालित ३ दिने वृहत अकुपञ्चरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर शुकबार सम्पन्न भएको छ ।

कोरिया–नेपाल मैत्री अस्पताल र मोज् कोरियन मेडिसिन क्लिनिकले संयुक्तरुपमा आयोजना गरेको शिविरमा ३३५ जनाको अकुपञ्चरसम्बन्धी स्वास्थ्य जाँच गरेको अस्पतालमा निर्देशक डा. डिके रौशनले जानकारी दिए ।

शिविरका लागि कोरियाबाट आएका ३६ जनाको कोरियन चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गरेको उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर