newskoseli.Com

नयाँ जातको च्याउ खेती

जाडो सिजनमा मात्र कन्ये च्याउको खेती गरिँदै आएको तराई भेगमा च्याउको माग बढेसँगै त्यसको विकल्पमा सेतो मिल्की च्याउको परिक्षण गरि गर्मी मौसममा पनि च्याउ खेतीकाे उत्पादन राम्रो हुने भएपछि सेतो मिल्की च्याउको व्यावसायिक खेती सुरु रूपन्देहिमा गरिएको छ ।

सामान्यतया ३७ देखि ४२ डिग्री तापक्रममा पनि सेतो च्याउबाट राम्रो उत्पादन लिन सकिने रुपन्देहीको गजेडीमा रहेको स्पन्जर च्याउ फर्मका अध्यक्ष गङ्गाधर शर्माले बताएका छन् ।

च्याउको माग दैनिक रुपमा बढ्दै गएपछि गर्मी सिजनमा रुपन्देहीमा काठमाडौँ, पाल्पा, भारतबाट च्याउ आउने गरेको थियो । मिल्की च्याउको उत्पादनपछि अब अन्य जिल्लाबाट आयात गर्न नपर्ने शर्माले बताएका छन् ।

किट विकास निर्देशनालयका कार्यक्रम निर्देशक हरिहर अधिकारीले च्याउ मुटु रोगी, क्यान्सरका रोगीलगायतलाई लाभदायक हुने, शतप्रतिशत प्राङ्गारिक र शाकाहारीको उच्चस्तरको खाना मानिने भएकाले बजारमा यसको माग बर्सेनि बढ्दै गएको बताएका  छन् ।

नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) नेपालका वरिष्ठ वैज्ञानिक गोपालप्रसाद पराजुलीले सेतो मिल्की च्याउबाट अन्य जातको च्याउभन्दा बढी उत्पादन गर्न सकिने कुराकाे जानकारि गराएका छन् ।एक किलो परालमा राखेको बिउबाट एक किलो ५०० ग्राम उत्पादन लिन सकिने हुँदा कम लागतमा  उत्पादन बढि गर्न सकिजन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर