newskoseli.Com

कृषियोग्य भूमिमा व्यक्तिगत स्वामित्व हटाउनुपर्नेमा जोड

अखिल नेपाल किसान महासङ्घले आयोजना गरेको राष्ट्रिय कार्यशालामा सहभागी नेता तथा किसानले मुलुकको समग्र आर्थिक विकासका लागि भूमि व्यवस्थापन गर्नुपर्ने  जाेड दिएका छन् ।

नेकपा (एमाले) का स्थायी समिति सदस्य सुरेन्द्रप्रसाद पाण्डेले विश्व परिवेशको अध्ययनबाट आज भएका विकसित राष्ट्रले जमिनमाथि सरकारको नियन्त्रण राखेकाले त्यसको सही सदुपयोग गर्न सकेको बताउँदै जमिनमा खण्डिकरण भए उत्पादकत्व घटने हुँदा व्यक्तिगत स्वामित्व हटाउनुपर्ने सुझाव दिदै गुणस्तरीय उत्पादन  दिगो कृषिको विकास तथा व्यवसायीकरणका लागि प्रविधि अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यसै गरी सोही पार्टीका केन्द्रीय सदस्य ठाकुर गैरेले नेपालको अर्थतन्त्रमा केही समययता कृषि र उद्योग क्षेत्रको योगदान घटदै गएकामा दुःख व्यक्त गर्दै मुलुकमा विद्यमान गरिबी घटाउन कृषिमा लगानी बढाउनुपर्ने सुझाव दिएका छन् भने प्राडा कैलाशनाथ प्याकुरेलले कृषियोग्य भूमिलाई अनुत्पादक क्षेत्रमा परिणत गर्ने सानो टुक्रामा विभाजित गरी घर तथा घडेरी बनाउने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छन् ।

एमाले नेता गोविन्द ज्ञवालीले कृषि वस्तुको किसानमैत्री मूल्य निर्धारण निकाय स्थापना गर्नुपर्ने माग गर्दै कृषि भूमिलाई चक्लाबन्दी लागू गरी कृषि उत्पादनमा यान्त्रिकरण गर्न आग्रह गरेका छन्   ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर