newskoseli.Com

महिला जागृति सेल बाँकेको साधरणसभा सम्पन्न

लक्ष्मी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दे महिला जागृति सेल बाँकेको साधरणसभा अाइतबार सकिएको छ । संस्थाको उपाध्यक्षमा नन्दा श्रेष्ठ, सचिव विना थापा, सहसचिव शिला श्रेष्ठ, कोषाध्यक्ष सिता श्रेष्ठ रहनुभएको छ भने सदस्यहरुमा रत्न राणा, गीता मल्ल, शान्ति जिसी, दुर्गा मानन्धर र फरमान सिद्धिकी रहेका छन् ।

महिला अधिकार स्थापनाका लागि प्रयत्नशील संस्थाले संस्थाका महिलाहरुको भव्य उपस्थितिमा साधारणसभा सम्पन्न गरेको हो । साधारणसभामा समाजसेवी तथा कार्यक्रमका प्रमुख अतिथि नरभदा शर्माले राज्यका हरेक निकायमा समान सहभागिता मात्र नभएर समान अधिकार जरुरी रहेको बताइन् । उनले दातृनिकायको सहयोगविना क्रियाशील संघ–संस्थाहरुको दिगोपनका लागि महिलाहरु स्वयमले थालेको प्रयासको प्रशंसा गरिन् ।

संस्थाका अध्यक्ष कान्ति भट्टको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार तथा जिल्ला बार एशोसियसनका पूर्वअध्यक्ष लोकबहादुर शाह, गैरसरकारी संस्था महासंघ बाँकेका सचिव नमस्कार शाह, पूर्वसभासद् तथा महिला जागृति सेलका संस्थापक सदस्य मोहम्मदी सिद्धिकीलगायतले शुभकामना मन्तब्य दिएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर