newskoseli.Com

मीनराज बसन्तको ‘मुदिर’ सार्वजनिक

वैदेशिक रोजगारको पीडालाई समेटिएको मीनराज बसन्तको उपन्यास ‘मुदिर’ आज राजधानीको सर्वनाम थिएटरमा सार्वजनिक गरिएको छ।

आख्यानकार नयनराज पाण्डे, भोगीराज चमलिङ, नीलम कार्की ‘निहारिका’ र संगीतश्रोताले पुस्तकको संयुक्तरूपमा लोकार्पण गरे।

समकालीन लेखकको दर्जामा मीनराजलाई भित्र्याउन पाएकोमा खुसी व्यक्त गर्दै आख्यानकार पाण्डेले आफैं वैदेशिक रोजगारमा गएर लेखिएको उपन्यासमा दुःख, संघर्ष र पीडा यथार्थ रूपमा आएको बताए। बलियो सामाजिक सञ्जालको व्यापक प्रचारसँगै साता दिनभित्र लेखक परिपक्क हुने वा नहुने कुरा निर्धारण भइसक्ने भन्दै उनले छोटो धैर्य गर्न लेखकलाई अनुरोध पनि गरे।

_04

यस्तै, संगीत श्रोताले पुँजीवादी समाजले श्रमिक समाजलाई दमित बनिरहेको विकराल अवस्थासँगै अरबमा गएर नेपालीले बिताएको उर्वर समयको चित्र उपन्यासमा देखिने चर्चा गरे। २०६२ सालको संकटकालीन अवस्थामा भएको सामाजिक, राजनीतिक, आर्थिक अवस्था बारे नेपालमा रहेका नागरिकले सामना गर्नुपरेको समस्या लेख्न कञ्जुस्याँइ गरिएको हो कि जस्तो लाग्छ।

_08

‘निहारिका’ले कहालीलाग्दो यथार्थतालाई समेटेको उपन्यास वर्तमान वैदेशिक रोजगार र त्यहाँको दुःखको ऐनाका रुपमा आएको बताइन्।

_07

अर्का वक्ता चाम्लिङले भाषिक सरलता उपन्यासको सबल पक्ष रहेको भन्दै पूर्वी ओखलढुङ्गाको आञ्चलिकतालाई प्रयोगमा रूपमा समेटेको बताए । उपन्यासले दुई सय वर्षपछि दस्तावेजको रूपमा रहन सक्ने सामर्थ्य राख्छ, उनले भने, सस्तो श्रम गर्नुपर्ने र त्यसबाट आएको नाफाचाहिँ मुदिर ‘मालिक’लाई बुझाउनुपर्ने नेपाली श्रमिकको बाध्यात्मक अवस्था नै उपन्यासको मुल निचोड हो।

_09

शिखा बुक्सले प्रकाशनमा ल्याएको उपन्यासको मूल्य ३२५ रुपैयाँ राखिएको छ । सम्पादनमा जि.के. पोख्रेलराजेन्द्र तारकिणीले भाषा सम्पादन गरेका हुन् भने ‘मुदिर’को आवरण डिजाइन सन्तोषकुमार दाहालले गरेका हुन् ।

फोटो: राजेन्द्र तरकिणी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर