newskoseli.Com

आइएसद्वारा नियन्त्रणमा लिएका सयौँ सिरियालीहरु अपहरणमुक्त

बेरुत (लेवनान), २९ साउन । इस्लामिक स्टेट (आइएस) समूहद्वारा उत्तरी सिरियाबाट शुक्रबार अपहरण गरेका दुई हजार सिरियाली नागरिकमध्ये अधिकांशलाई उक्त समूहले शनिबार अपहरणमुक्त गरेको छ ।

‘सिरियाली डेमोक्रेटिक फोर्स (सिडिएफ)ले सिरियाली नागरिकलाई आइएसको एक समूहले अपहरण गरी लगेकामा केही भागेर उम्कन सफल भएका र अधिकांशलाई आइएस लडाकूले अपहरणमुक्त गरेको बताएको छ ।

सिडिएफले अमेरिकी नेतृत्वको हवाई अक्रमणद्वारा म्यानविज सहरबाट आइएस लडाकुलाई गएको हप्ता भगाएपछि छिमेकी इलाकामा छरिएर रहेका लडाकुले आफ्नो गन्तव्यमा जान म्यानविज वरपरका करिब दुई हजार मानिसलाई मानव ढालका रुपमा प्रयोग गर्दै सुरक्षित क्षेत्रमा पुग्न अपहरण गरेको बुझिएको छ ।

बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाले सयौँ नागरिक सिरियाको उत्तरी भागबाट फिर्ता आएका र अधिकांशलाई आइएस लडाकुले छोडिदिएका छन् ।

इस्लामिक जिहादी समूहले पछिल्लो समय एकपछि अर्को गर्दै सिरिया र इराकमा क्षति व्यहोर्नुपरेको र आफ्नो नियन्त्रणमा रहेको इलाका गुमाएर अर्को क्षेत्रमा जाँदा सर्वसाधारण मानिसलाई अपहरण गरी मानव ढाल बनाई बाहिरिने गरेका बताइने गरेको छ ।

सिरियाली मानवअधिकारवादी संस्थाका प्रमुख रमी अब्देल रहमानले शुक्रबार सयौँलाई विद्रोहीले अपहरण गरेका र केहीले प्रतिवाद गर्दा ज्यान जोखिममा पर्ने मानी आफैँ विद्रोहीको अघि लागेर जाने गरेका बताए ।

उनका अनुसार मानविजमा यसै हप्ता भएको झडपमा १०० बालबालिकासहित ४३७ सर्वसाधारणको मृत्यु भएको थियो ।

उक्त इलाकामा एसडिएफ लडाकुतर्फ करिब ३०० जनाको ज्यान गएको थियो साथै घटनामा एक हजार बढी जिहादी विद्रोही लडाकुको मृत्यु भएको रहमानले बताउनुभयो । रासस/एएफपी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर