newskoseli.Com

लेखक सङ्घमा लम्साल र बुढाथोकीबीच प्रतिस्पर्धा

नेपाली लेखक सङ्घको जारी छैटाैं राष्ट्रिय महाधिवेशनमा नयाँ कार्यसमितिको अध्यक्षका लागि डा. नवराज लम्साल र वियोगी बुढाथोकीको उम्मेदवारी परेको छ ।

अधिवेशनमा सहमतिको प्रयास जारी रहे पनि लम्साल र बुढाथोकीले उम्मेदवारी दिएका हुन् ।

यस्तै महासचिवमा ठाकुर बेल्वासे र रत्नमणि नेपालले उम्मेदवारी दिएका छन् भने ६३ सदस्यीय कार्यसमितिका केही पदमा सहमति भएको छ ।

राति अबेरसम्म मतपरिणाम सार्वजनिक हुने बुझिएको छ । शनिबारबाट सुरु महाधिवेशनमा ३ सय ३७ जना प्रतिनिधि सहभागी छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर