newskoseli.Com

मानसाग्निको ‘स्वधर्म’ विमोचित

 योग शिक्षाले मानिसलाई विश्व बह्माणका सबै जीवसँग एकत्व कायम गर्न सहयोग पुर्याउनेमा जोड दिइएको छ । आयुर्वेद चिकित्सक डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’ले लेख्नुभएको ‘स्वधर्म’ नामक कृतिको समीक्षाका क्रममा शुक्रबार वक्ताले विश्वलाई सुन्दर बनाउन योग शिक्षाका महत्व रहेको औँल्याए ।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्व रजिस्ट्रार जगतप्रसाद उपाध्यायले योग शिक्षा नेपालको मौलिक विज्ञान भएको विचार राख्दै साधना चिन्तनको माध्यमबाट समाजमा शान्ति तथा सद्भाव कायम गर्न सकिने बताए ।

लेखक पोखरेलले मानिसको चेतनाको अवस्थालाई स्थिर बनाउन योगको महत्व उल्लेख गर्दै शरीर तथा मनको समन्वय गर्न योगको आवश्यकता रहेको बताए ।

कृतिका सम्पादक नेत्र आचार्यले एक-अर्काबीचको अन्तर्सम्बन्ध कायम गर्न योगको खाँचो रहेको बताउँदै नेपालमा योगको विकास गर्न कृति उपयोगी हुने विश्वास व्यक्त गरे । पोखरेलका योग तथा प्राकृतिक चिकित्सासम्बन्धी करिब ४२ कृति प्रकाशित छन् ।

शरीरयोग, विश्वयोग र अनादियोगको त्रिवेणी नै स्वधर्म हो । कृतिमा शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक आदि दुःख कष्ट हटाउने उपाय वर्णित छ ।

स्वधर्म दर्शनको परिचय, प्रश्नोत्तर, ध्यान, महाअभियान र परिशिष्ट गरी ५ भागमा विभाजित संवादमूलक सो कृतिले लामो समयदेखि अन्योल र अशान्तिले आक्रान्त हाम्रो समाजको पुन : जागरण र अग्रगमनको बाटामा निकै सहयोग हुने भूमिकाकार मोदनाथ प्रश्रितले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर