newskoseli.Com

हातेमालो साहित्य प्रतिष्ठानद्वारा तीज विशेष कार्यक्रम

‘हातेमालो साहित्य प्रतिष्ठान’ ७५ जिल्लामा शाखा विस्तार गरी नेपाल भरिका सर्जकहरूसँग हातेमालो गर्ने उद्देश्यले खोलिएको साहित्यिक संस्था हो । यस संस्थाको मूल उद्देश्य स्तरिय साहित्यको प्रवद्धन नै हो ।

‘हातेमालो साहित्य प्रतिष्ठान’ का अध्यक्ष दिपेन्द्र अश्रुमाली भन्छन्ः स्तरीय रचना र रचनाकार गुमनाम हुन नपारोस् । हल्लाको भरमा अति निम्न स्तरको साहित्यको व्यापार भइरहेको छ भने अत्यन्त राम्रा साहित्यीक रचनाहरू पाण्डुलिपी कै रूपमा कुनामा थन्किन बाध्य भएका छन्। हामी त्यस्ता लुकेर रहेको साहित्यकारहरुका रचना प्रकाशन गर्न सहयोग गर्छौ ।’

प्रकाशित पुस्तकलाई हाम्रो शाखा मार्फत जिल्ला जिल्ला, गाउँ गाउँमा पुर्‍यउँछौ । तर नाफाको लागि होइन मात्र त्यस्ता लेखक तथा रचनाकारको सहयोगको लागि हो । यो सर्जकको लागि खुसिको कुरा हो, तर ७५ जिल्लामा शाखा बिस्तार गर्न त्यति सजिलो छैन नि भन्ने प्रस्न आउन सक्छन , र आएका पनि छन यस्ता प्रस्नहरु धेरै , तर कुरा के हो भने अहिले त संसार हत्केलामा छ, चाहाना भयो भने हामीले सेकेन्डमा जुम्लाकोसाथी शीत कुरा गरेर जुम्लाको बारेमा बुझ्न सक्छौं ।’

सबै भन्दा पहिला आफ्नो उद्देश्यमा आफूलाई पूरा बिश्वास हुन जरुरी छ ,र समय शीत हिड्न सक्नु पर्छ । हातेमालो साहित्य प्रतिष्ठानले विभिन्न समयमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

हातेमालो साहित्य प्रतिष्ठानले विभिन्न समयमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

१.     प्रत्येक महिनाको दोस्रो र अन्तिम शनिबार गरिने उत्कृष्ट रचना छनोट

२.     साहित्य प्रतियोगिता

३.     रक्तदान कार्यक्रम

४.     विभिन्न साहित्यिक क्षेत्रका सवाल जवाफ

५.      तीज विशेष गजल बाचन कार्यक्रम

 

तिजको अबसरमा उत्कृष्ट नारी गजलकारहरुको मात्र गजल सुन्ने मौका हातेमालो साहित्य प्रतिष्ठानले जुराएको छ ।

तिजको अबसरमा उत्कृष्ट नारी गजलकारहरूको मात्र गजल सुन्ने मौका हातेमालो साहित्य प्रतिष्ठानले जुराएको छ । आज पनि आफ्नो हक अधिकारकोलागि लड्न धेरै महिला दिदी बहिनीहरू सक्षम भई नसकेको अबस्था छ । चुलो चौको, घाँस दाउरामा नै जीवन व्यतीत गर्नुपर्ने अवस्थामा महिला दिदी बहिनीहरू अझै हुनुहुन्छ । यस्ता कुराहरूलाई उठाएर आफ्नो हक अधिकार कसरी लिने ? आफू सक्षम कसरी बन्ने ? भन्ने कुराहरूलाई गजलका माध्यामबाट पस्किएर साहित्य मन सामु पुर्‍याउनु हुने छ । हेर्नको लागि दर्शकलाई भदौ ११ गते शनिवार दिउँसो १२ प्रज्ञाप्रतिष्ठानमा आउनु हुन हातेमालो साहित्य प्रतिष्ठानले आग्रह गरेको छ ।

13939464_1746924325585018_2490391204017357896_n

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर