newskoseli.Com

‘ट्राफिक पोलिस नेपाल’ले सडक दुर्घटना कम गराउने

काठमाडौं, वैशाख २१ –  नेपाल प्रहरीलेसहज तथा सुरक्षित आवागमनका लागि भन्दै ट्राफिक पोलिस नेपाल नामक मोवाइल एप्स प्रयोगमा ल्याएको छ ।

यो एप्सबाट ट्राफिक जाम तथा ट्राफिक डाइभर्सन भए/नभएको थाहा हुने, ट्राफिक गतिविधिसम्बन्धी सूचना तथा दुर्घटनाबारे तत्कालै मोबाइलमा जानकारी आउने र आफूले देखेका भोगेका ट्राफिकसँग सम्बन्धित सूचना प्रहरीलाई पठाउन सकिने छ ।

यसैगरी ट्राफिक नियम मिचेमा हुने सजाय, आफू नजिकको ट्राफिक प्रहरी कार्यालयको नाम र फोन नं, विभिन्न स्थानमा भ्रमण

गर्दा लाग्ने भाडाको विवरण, ट्राफिक सङ्केत चिह्न तथा लिखित परीक्षाको नमुना प्रश्नपत्र, सवारी साधन हराएमा वा पाएमा तुरुन्त थाहा पाउन, सार्वजनिक सवारी साधनले बढी भाडा लिएमा वा दुर्व्यवहार गरेमा तुरुन्तै गोप्य सूचना पठाउन, ट्राफिकसँग सम्बन्धित अन्य गतिविधि हेर्न र एयरफोनबिना मेट्रो ट्राफिक एफएम ९५ दशमलव ६ सुन्न पनि सकिने छ ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एप्स शुभारम्भ गर्दै यसको प्रयोगले सडक व्यवस्थित गर्न र सडक दुर्घटना कम गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा एप्स बनाउने क्यापिटल आई प्रालिका पदाधिकारी र एप्स प्रयोगमा सघाउने ट्राफिक प्रहरी निरीक्षक लगायत पदाधिकारीलाई सम्मान गरिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर