newskoseli.Com

महिला सङ्घको ‘शक्तिपुञ्ज’ सार्वजनि

 नेपाल महिला सङ्घ बागलुङले ‘शक्तिपुञ्ज’ नामक तीज पर्व विशेष पुस्तक प्रकाशन गरेको छ । सङ्घका संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २१औँ स्मृति दिवसका अवसरमा शुक्रबार सार्वजनिक गरिएको कृतिम महिलाले लेखेका अधिकांश गीति रचना पुस्तकमा समावेश गरिएको छ ।

प्रायः रचना महिला अधिकारसँग सम्बन्धित छन् । समाज, राजनीति, जीवनका भोगाइ, सुखदुःख पनि रचनामा अभिव्यक्त भएको सङ्घका अध्यक्ष शकुन्तला शर्माले बताए । पुस्तकमा महिला सङ्घको केन्द्रीय नेतृत्व तहका व्यक्तिले विभिन्न विषयमा लेखेका आलेख-विचार पनि राखिएको छ ।

सङ्घले अधिकार रक्षा र समग्र आन्दोलनमा महिला एकता सुदृढ गर्न पुस्तक सहयोगी बन्ने जनाएको छ । पुस्तकको विमोचन गर्दै नेपाल कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद रत्ना शेरचनले ‘शक्तिपुञ्ज’ नेपाली महिलाको साझा आवाज भएको धारणा राखे । उनले पुस्तकले समाजमा सद्भाव, भाइचारा अभिवृद्धि गर्न समेत टेवा पुग्ने बताए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर