newskoseli.Com

आधुनिक प्रविधिबाट निर्माण गरिएको दारिमज्युला कृषि फाराम

 पहिलो पटक यहाँ आधुनिक प्रविधिबाट निर्माण गरिएको दारिमज्युला कृषि फाराम सुरु भएको छ । कामको सिलिसिलामा विभिन्न देशमा पुगेका युवा समूहबाट विदेशमा सिकेको प्रविधिलाई स्थानीयस्तरमा प्रयोग गर्दै जिल्लामा इजरायली प्रविधिबाट गोलभेँडा खेती गरिएको छ ।

कोरवाङ झिम्पे–४ दारिमज्युलामा निर्माण गरिएको कृषि फारामको कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईंले शुक्रबार उद्घाटन गर्दै कृषि क्रान्तिका कुरा गर्ने हो भने कृषिमा नयाँ प्रविधि भित्र्याउनुपर्ने बताए ।

दारिमज्युला कृषि सहकारी संस्थाको लगानीमा कोर्वांगझिम्पे गाविस–२ दारिमज्युलामा झन्डै  ६० लाखको लगानीमा १५ रोपनी क्षेत्रफलमा ३८ फलामे टनेलमा उच्च प्रविधिबाट खेती गरिएको सहकारी संस्थाका अध्यक्ष केशबहादुर विष्टले जानकारी दिए ।

“हाइटेक प्रविधिमा आधारित गोलभेँडा खेती जिल्लामैै पहिलो पटक प्रयोग गरिएको छ । यो प्रविधिबाट गोलभेँडा खेती सुरु गरेका छौँ”, उनले भने “एक पटक लगानी गरिसकेपछि पटक पटक ठूलो लगानी गर्नु नपर्ने र गोडमेल पनि धेरै गर्नु नपर्ने भएपछि यसतर्फ हामीले हात हालेका हौँ” विष्टले भने ।

फलामको टनेलभित्र खेती गरिने सो प्रविधिअन्तर्गत गोडमेलको झन्झट नहुने, किराबाट जोगाउन जालीको व्यवस्था हुने र छानाबाट तापक्रम व्यवस्थापन गरिएका कारण यो लोकप्रिय भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत टेकप्रसाद लुइँटेलले बताए ।

थोपा सिँचाइ प्रविधिबाट सिँचाइको व्यवस्था गरिएको छ । ८ मिनेटमा १२ हजार बिरुवालाई एकै पटक सिँचाइ हुने समेत उनले जानकारी दिए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर