newskoseli.Com

मकैको बीउ उत्पादन तथा प्रभावकारिताबारे अनुगमन

बिजवृद्धि सहकारी संस्था लिमिटेड सिद्धेश्वर–५ भोजपुरले मकैको बीउ उत्पादन तथा प्रभावकारिताबारे अनुगमन गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराएको मनकामना जातका मकैबारे सहकारीले शनिबारदेखि अनुगमन थालेको सहकारीका संयोजक शम्भु राउतले जानकारी दिए ।

सिद्धेश्वर गाविस तथा आसपासमा गरिएको अनुगमनमा अधिकांश मकैको उत्पादन सन्तोषजनक रहे पनि २ सय रोपनी क्षेत्रफलमा ४० घरधुरीले लगाएको मकै गत भदौ ५ गते आएको हावाहुरीले पूर्ण रुपमा क्षति गरेको पाइएको उनले बताए ।

सो संस्थाले कृषकको घरघरमा गई मकै उत्पादन भण्डारण व्यवस्थापन र शुद्धतासम्बन्धी सचेतनात्मक कार्यक्रमसमेत गरिरहरेको जनाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर