newskoseli.Com

बाख्रामा कृत्रिम गर्भाधान सेवा

बेदकोट र भीमदत्त नगरपालिकामा पहिलो पटक बाख्रामा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको छ । मासुको उत्पादनमा वृद्धि गरी किसानको आर्थिक अवस्थामा सुधार ल्याउन कृत्रिम गर्भाधान सेवा सुरु गरिएको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. मदनसिंह धामीले जानकारी दिए ।

बयर जातको बाख्राको बोकाको वीर्य स्थानीय जातका बाख्रामा राखी नश्ल सुधार गर्न पशुसेवा कार्यालय र पशुसेवा केन्द्रमार्फत प्रतिबाख्रा ३० रूपैयाँ शुःल्क तिरेर सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

कार्यालयले नेपालगन्जबाट उन्नत नश्लको बोकाको वीर्य ल्याउने गरेको छ । बाख्राको तौल ७० देखि १ सय किलोसम्म हुने गरेकाले एक महिनाको अवधिमै ६० जना किसानले कृत्रिम गर्भाधान गराएको कार्यालयले जनाएको छ ।

“अन्य क्षेत्रमा समेत कृत्रिम गर्भाधान सेवाका लागि माग भइरहेको छ,” अधिकृत धामीले भने । कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा स्थानीय जातका ९८ हजार र उन्नत जातका ३१ हजारभन्दा बढी बाख्रा रहेका बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर