newskoseli.Com

के हो इमेल ? कसले प्रयोग गरेको थियो विश्वमै पहिलो पटक ?

इतिहास पल्टाएर हेर्ने हो भने सन् १९७१ मा कम्प्युटर इन्जिनियर रे टोमलिन्सनले पहिलो पटक आफैंलाई परीक्षण सन्देश पठाएर इमेलको सुरुवात गरेका हुन् ।

उनले उक्त इमेल म्यास्याच्युसेटस्थित क्याम्ब्रिजमा रहेको एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा पठाएर इमेलको सफलतापूर्वक परीक्षण गरेका थिए ।

उनले त्यसबेला प्रयोग गरेको कम्प्युटर नेटवर्क प्रविधिलाई ARPANET भनिन्थ्यो । यो आधुनिक र जटील नेटवर्कहरुको बिश्वब्यापी सञ्जाल इन्टरनेटको प्रारम्भिक रुप थियो । टोमलिन्सन त्यसबेला बोल्ट बेरानके एण्ड न्युम्यान भन्ने कम्पनीमा काम गर्थे ।

अमेरिकाको रक्षा बिभागले उक्त कम्पनीलाई सेनाको प्रयोजनका लागि ARPANET बिकासका लागि खटाएको थियो । उनी त्यसै योजना अन्तर्गत त्यहाँ कार्यरत रहेका थिए । प्रयोगकै क्रममा टोमलिन्सनले दुईवटा प्रोग्रामहरुमा परीक्षण गरिरहेका थिए ।

यी दुई प्रोग्रामहरुको मद्दतले कुनै पनि प्रयोगकर्ताले त्यही मेशिनमा आफनो सन्देश अर्को प्रयोगकर्तालेका लागि छोड्न मिल्थ्यो । त्यही प्रोग्राको आधारममा उनको मनमा अर्को CYPNET प्रोग्राम बनाउने बिचार अनुसार CYPNET प्रोग्रामले प्रयोगकर्ताहरुलाई एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा फाइलहरु लिन र दिन वा सार्न सकिन्थ्यो ।

यी तीनवटै प्रविधिहरुको संयुक्त प्रयोगबाट मानिसले कुनै पनि कम्प्युटरबाट फाइल अर्को कम्प्युटरमा सार्न वा त्यसबाट फाइल लिन सजिलो भयो । त्यसो त इमेलको आविष्कारक भएर भन्दा पनि बढी टोमलिन्सन इमेल ठेगानामा प्रयोग हुने बिशेष चिन्ह् (http:/www.bbn.com) बढी चर्चित छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर