newskoseli.Com

सिरियाबारे सहमति नहुनुमा रसिया दोषीः अमेरिका

अमेरिकाले सिरिया द्वन्द्वबारे सहमतिमा पुग्न नसक्नुमा रसिया दोषी रहेको आइतबार बताएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले यसअघि सिुरिया द्वन्द्व अन्त्यका लगि सहमति गर्न रसिया र अमेरिका चौबिसै घण्टा लागिपरेको बताएका छन् । विश्व अर्थतन्त्रका प्रमुख बिस प्रमुख अर्थतन्त्रकाो समूह ‘जि–ट्वान्टी’ को शिखर सम्मेलनका क्रममा चीन अाएका अमेरिकी राष्ट्रपति ओबामाले भने, “सिरिया द्वन्द्व समाधत्रानक लागि लागिपरे पनि यसलाई सल्टाउन निकै कठिन छ । यो साह्रै कठिन काम देखिएको छ ।”

अमेरिकाले सिरिया समस्या सम्बन्धमा हल भएका भनिएका मुद्दाबाट पुनः पछि हटी फेरि यसमा छलफल चलाउनुपर्ने बताएपछि अहिलेलाई सहमति प्रयास अन्त्य भएको बताए ।  राष्ट्रपति ओबामाले अमेरिकी विदेशमन्त्री जोक केरी र रसियाली विदेशमन्त्री सर्गेइ लाभरोभ यस विषयमा हाङझाउमा सोमबार पुनः भेट गर्ने बताएका छन् ।

अमेरिकी विदेशमन्त्री केरीले भने, “हामी आज आइतबार राति केही विषयमा पुनःविचार गर्दैछौँ । यसमा एक दुई तर जटिल मुद्दाबारे पुनःमूल्याङ्कन गरी सोमबार पुनः भेट्ने योजना छ ।” उनले जटिल मुद्दा के हुन् भन्नेबारे कही बताउन चाहेनन् । रासस/एएफपी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर