newskoseli.Com

फ्रान्सद्वारा शरणार्थी व्यबस्थापन गर्न दुई केन्द्र खोल्ने

फ्रान्सले शरणार्थीलाई सहयोग पुर्‍याउनका लागि दुई वटा शरणार्थी शिविर खोल्न लागेको मङ्गलबार एक समारोहमा पेरिसका नगरप्रमुख उन्नी हिडाल्गोले बताउनुभएको छ ।

हिडाल्गोका अनुसार युद्ध तथा गरिबीका कारण विभिन्न देशबाट फ्रान्स पुगेका शरणार्थीलाई व्यवस्थित गर्ने योजना रहेको र एउटा यही अक्टोबरभित्र फ्रान्सको राजधानी पेरिसको १८ इलाकामा खोल्ने तयारी रहेको छ । उक्त शिविरमा ४०० मानिसलाई राखिनेछ ।

त्यसैगरी अर्को शिविरमा इभ्रिसरसेनमा खोलिने केन्द्रमा महिला, बालबालिका तथा चोट तथा अन्य समस्याग्रस्त व्यक्तिलाई राखिने छ । यो पनि यही वर्षको अन्त्यसम्ममा शरणार्थीका लागि तयार हुनेछ ।

शरणार्थी केन्द्र व्यवस्थापनका लागि ६५ लाख युरो खर्चिने सोच बनाइएको र यसको ८० प्रतिशत पेरिसले व्यर्होने छ । फ्रान्सले विभिन्न मुलुकबाट युरोप पुगेका करिब ३० हजार शरणार्थीलाई आगामी दुई वर्षमा स्वागत गर्ने बताएको छ । रासस/सिन्ह्वा

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर