फ्रान्सले शरणार्थीलाई सहयोग पुर्याउनका लागि २ वटा शरणार्थी शिविर खोल्न लागेको मङ्गलबार १ समारोहमा पेरिसका नगरप्रमुख उन्नी हिडाल्गोले बताएका छन् ।हिडाल्गोका अनुसार युद्ध तथा गरिबीका कारण विभिन्न देशबाट फ्रान्स पुगेका शरणार्थीलाई व्यवस्थित गर्ने योजना रहेको र एउटा यही अक्टोबरभित्र फ्रान्सको राजधानी पेरिसको १८ इलाकामा खोल्ने तयारी रहेको छ । उक्त शिविरमा ४०० मानिसलाई राखिनेछ ।
त्यसैगरी अर्को शिविरमा इभ्रिसरसेनमा खोलिने केन्द्रमा महिला, बालबालिका तथा चोट तथा अन्य समस्याग्रस्त व्यक्तिलाई राखिने छ । यो पनि यही वर्षको अन्त्यसम्ममा शरणार्थीका लागि तयार हुनेछ । शरणार्थी केन्द्र व्यवस्थापनका लागि ६५ लाख युरो खर्चिने सोच बनाइएको र यसको ८० प्रतिशत पेरिसले व्यर्होने छ ।फ्रान्सले विभिन्न मुलुकबाट युरोप पुगेका करिब ३० हजार शरणार्थीलाई आगामी २ वर्षमा स्वागत गर्ने बताएको छ ।