newskoseli.Com

उज्वेकिस्तानका प्रधानमन्त्री मिर्जियोयभलाई अन्तरिम राष्ट्रपतिका रुपमा नियुक्त

उज्वेकिस्तानको संसदले अन्तरिम राष्ट्रपतिका लागि नियुक्त भएका प्रधानमन्त्री सामकात मिर्जियोयभको नाम बिहीबार अनुमोदन गरेको यहाँको सरकारी वेबसाइटमा बताइएको छ ।

यससँगै उनलाई उज्वेकिस्तानमा लामो समयदेखि शासनसत्ता सम्हालेका र हालै दिवङ्गत हुनुभएका शक्तिशाली नेता इस्लाम कारिमोभको उहाँ उत्तराधिकारीका रुपमा उनलाई सत्ता सुम्पिने स्पष्ट सङ्केत देखिएको छ ।

अन्ठाउन वर्षीय मर्जियोयभलाई संसदीय नेता निग्माटिला युल्दासेभले समर्थन दिएपछि अन्तरिम राष्ट्रपतिका लागि योग्य मानिनुभएको हो ।

यहाँको संविधान अनुसार निर्वाचनपूर्व उज्वेकिस्तानको अस्थायी नेता हुन पाउने प्रावधान छ । उनले संविधानअनुसार आगामी ३ महिनाभित्र हुने निर्वाचनमा राष्ट्रपतिका रुपमा प्रतिस्पर्धा गरी राष्ट्र प्रमुखको जिम्मेवारीका लागि निर्वाचित हुनुपर्नेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर