newskoseli.Com

तरकारी खेतीबाटै आत्मनिर्भर

 मयुरबस्तीका २६ कृषकले तरकारी खेतीबाट जीविकापार्जन गर्दै आएका छन् ।
बढ्दो बेरोजगारी र आत्मनिर्भर बन्न चाहने इच्छाले हिजोआज स्थानीय कृषक व्यावसायिक तरकारी खेतीप्रति आकर्षित हुन थालेका छन् । घट्दो उत्पादन अनि बढ्दो जनसङ्ख्याका कारण खेतीपातीमा रुमल्लिने कृषकका लागि तरकारी खेती आयआर्जनको विकल्पका रुपमा रहेको छ ।

विसं २०६५ देखि परम्परागत रुपले तरकारी खेती थालेका उनीहरुले सञ्चालन गरेको मिलन सहकारीको समन्वयमा २०७० देखि सक्षम जनजाति तरकारी उत्पादन कृषक समूह गठन गरी सामूहिक तरकारी खेती सुरु गरेका हुन् । समूहले गरेको प्रगति देखेर साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाले सामूहिक तरकारी खेतीका लागि ८ लाख अनुदान समेत दिएको छ ।

यस्तो सहयोग पाएपछि एकै वर्षमा  २७ लाख ४८ हजार ४ सय ७७ आम्दानी गर्न सफल भएको समूहका सचिव भीमबहादुर चौधरीले बताए। त्यस्तै विभिन्न सङ्घसस्था, जिल्ला कृषि विकास कार्यालय लगायतबाट समेत बीउबिजन र प्रविधिक सहयोग प्राप्त भएपछि आम्दानीमा समेत वृद्धि भइरहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख परशुराम रावतले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर