newskoseli.Com

युद्धविराम सम्झौतापछि भएको हवाई आक्रमणमा दर्जनौको मृत्यु

सिरियामा विद्रोहीको बलियो प्रभाव रहेको क्षेत्रलाई लक्ष्यगरी गरिएको हवाई आक्रमणहरुमा दर्जनौ सर्वसाधारणको मृत्यु भएको छ ।

रसिया र अमेरिकाबीच सिरियामा सोमबारबाट युद्धविराम लागू गर्ने सम्झौता भएको १ दिनपछि भएको यस हवाई आक्रमणहरुमा दर्जनौ व्यक्तिको मृत्यु भएको हो ।

यो हवाई आक्रमणमा कुनै समूहको हात रहेको हो सो भने तत्काल प्रष्ट भएको छैन् । सिरियाको उत्तर प्रान्त इद्लिब र अलेप्पोमा सो आक्रमण भएको जनाइएको छ ।
सिरियामा युद्धविराम गराउन रसिया र अमेरिकाबीच भएको सम्झौता अनुसार मुस्लिम समूदायको महान पर्व इद अल अदाको सुरु हुने दिन सोमबारबाट लागू हुने छ ।

अमेरिका र रसियाबीच भएको सो युद्धविराम सम्झौतको सिरियाली राष्ट्रपति बसर अल असदले शनिबार अनुमोदन गरेका थिए ।
मानव अधिकार वादी समूह ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’का अनुसार इद्लिब सहरको बजार इलाकासहित लक्षित यस हवाई आक्रमणमा ५८ व्यक्तिको मृत्यु भएको छ । यो हवाई आक्रमण कुनै समूहले गराएको हो सो भने तत्काल प्रष्ट भएको छैन् ।

मारिएका यी व्यक्तिहरुमा १३ बालबालिका र १३ महिला रहेका बताइएको छ । अज्ञात समूहबाट भएको हवाई आक्रमणमा अलेप्पो सहरमा १२ सर्वसाधारण मारिएका छन् । त्यसैगरी अलेप्पो सहरमा नै भएको बमबारीमा १८ जना सर्वधारण मारिएका पनि अब्जभेटरीले जानकारी दिएको छ ।
सिरियामा सन् २०११ सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केहीपछि गएर गृहयुद्धमा परिवर्तन भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर