newskoseli.Com

वर्षापछि केही राहत महशुस

लामो सयमदेखिको खडेरीपछि आज कैलालीगायत यस क्षेत्रका जिल्लामा वर्षा हुँदा स्थानीयवासीले राहत महसुस गरेका छन् ।

एक महिनादेखि बढेको चर्को गर्मी र खडेरीबाट आहत भएका स्थानीयवासीले वर्षासँगै शीतलता महसुस गरेका हुन् । चर्को गर्मी र सुख्खा मौसमका कारण बारीमै सुकेर खेर जान लागेको अन्नबाली वर्षापछि जोगिने स्थानीय किसानले आसा गरेका छन् ।

यसैबीच वर्षासँगै आज बिहान चलेको हावाहुरीले जस्तापाता र टायलको छाना भएका कैयौँ कच्ची घरका छाना उडाएको छ । हावाहुरीले आँप, लिचीलगायत फलफूलमा समेत क्ष्यति पु¥याएको स्थानीय कृषक हरि चौधरीले बताउनुभयो । हावाहुरीले बिजुलीका खम्बा र तारमा क्षति पुगेपछि मध्याह्नसम्म यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो ।

चौबीस घन्टाको अवधिमा यहाँ करिब ४७.५ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागका फिल्ड अफिस अत्तरीयाले जनाएको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर