newskoseli.Com

अज्ञात रोगबाट ४७ बाख्रा मरे

 जिल्लाको अर्चले गाविसमा अज्ञात रोगका कारण हालसम्म ४७ बाख्रा मरेका छन् ।

ज्वरो आउने, पखाला लाग्ने र पेट फुलिने जस्ता लक्षण देखिन थालेपछि बाख्रा मर्न थालेको स्थानीयवासीले बताएका छन् । लगातार बाख्रा मर्न थालेपछि जिल्ला पशुसेवा कार्यालयले सो क्षेत्रमा प्राविधिक परिचालन गरेको पशु चिकित्सक डा. उत्तम आचार्यले जानकारी दिए ।

उनले पिपिआर रोगको सङ्क्रमण हुनसक्ने बताए । उक्त क्षेत्रमा बिरामी परेका करिब ६० बाख्रामा सामान्य उपचार गरिएको छ ।

बिरामी बाख्राको नमुना प्राविधिक टोलीले जिल्लामा ल्याइसकेको र सो नमुना बुधबार परीक्षणका लागि क्षेत्रीय पशु अन्वेषण प्रयोगशाला पोखरा पठाइने छ । सो नमुना परीक्षण पश्चात् रोगको पहिचान भएपछि बिरामी बाख्राको उपचार थालिने कार्यालयले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर