newskoseli.Com

इदको प्रार्थनामानै आक्रमण ८ जना घाइते

पाकिस्तानको दक्षिणी सहर शिखरपुरमा मुस्लिम समुदायको महान चाड इद अल अदाको अवसरमा प्रार्थना गरिरहेका बेला आत्मघाती बम आक्रमण भएको छ ।

मङ्गलबार बिहान सबेरै भएको यस हमलामा परी आठ जना घाइते भएका स्थानीय उर्दु टिभी च्यानल समाले जनाएको छ । घाइतेमध्ये चार प्रहरी अधिकारी रहेका छन् भने एक जनाको अवस्था गम्भीर रहेको सञ्चारमाध्यमहरुले बताएका छन् ।

आक्रमणमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको सुरक्षा स्रोतले जानकारी दिएको छ । स्थानीय प्रहरीका उच्च अधिकारी उमार तुफैलले एफपीलाई भने, “हाम्रा चार सुरक्षा अधिकारी घाइते भएकामा एकको अवस्था गम्भीर छ ।”

आत्मघाती हमला गराउने क्रममा घाइते भएका एक हमलाकारीलाई पनि चिकित्सकले बचाउने प्रयास गरिरहेको उनले जानकारी दिए ।
प्रार्थनाका लागि जम्मा भएका व्रतालुबीच आक्रमणकारी पनि प्रार्थनाकर्ताको रुपमा आएका थिए । ती आक्रमणकारीलाई पक्राउ गर्न प्रहरी सफल भएको सिन्ध प्रान्तका प्रहरी प्रमुख ए.डी.खबाजाले बताए । सिन्ह्वा/एएफपी/रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर