newskoseli.Com

बीउ महँगो भएपछि किसान मारमा

त्यसैगरी गत वर्ष प्रतिकिलो रु. १ सय ८० मा खरिद गरेको नेपाली लसुनको बीउ यस वर्ष रु. ३ सय २५ मा खरिद गर्नुपरेको अर्का कृषक कृष्णबहादुर प्रजापतिले बताए । बजारमा यतिखेर हरियो तरकारीको मूल्य अकासिएको छ भने भान्सा चलाउन मुस्किल भएको छ । तर तरकारी उत्पादन गर्ने कृषकको लगानी, उनीहरुको परिश्रम र सरकारले उपलब्ध गराएका सेवा सुविधाबारे भने कसैले वास्ता नगरेका कृषकले गुनासो गरेका छन् ।

उत्पादित तरकारी बिचौलिया व्यापारीले थोक मूल्यमा बारीबाटै उठाउने र त्यसलाई उपत्यकाका विभिन्न बजारमा पुनः स–साना तरकारी व्यापारीलाई बिक्री गर्छन । यसरी उत्पादित तरकारी कम्तीमा २ जना व्यापारीले नाफा लिएपछि मात्र उपभोक्ताको भान्सामा पुग्छ । तरकारीको मूल्य वृद्धिको दोष कृषकलाई दिनु उचित नभएको मध्यपुर थिमि– ७, नगदेशका कृषक कृष्णबहादुर सिकेमनको भनाइ छ ।

तरकारीको बिउको मूल्य गत वर्षको तुलनामा ३० देखि ४० प्रतिशतले वृद्धि भएको छ । तर किसानलाई सरल, सहज र सस्तो मूल्यमा तरकारीको बीउबिजन उपलब्ध गराउने सरकारी योजना तथा नीति भने शून्य छ । तरकारीको बीउ बिजनबारे सरकारी अनुगमन नहुँदा बजारमा मनपरी मूल्य तोक्ने गरेका नगदेशका अर्का कृषक रामकृष्ण घजु बताउनुहुन्छ ।

कृषकले अहिले गाँजरको बीउ प्रतिकिलो रु. १७ हजार तिर्नुपरेको छ । ३ वर्षअघि प्रतिकिलोको रु. १२ हजार थियो । मध्यपुर थिमि– १७, सानो थिमिस्थित नाटेश्वर बीउबिजन पसलका सञ्चालक सन्मान मन्तासिरका अनुसार बन्दागोभीको बीउ सय ग्रामको मूल्य गत वर्ष रु. ३ सय ५० थियो भने यस वर्ष रु. ७ सय पुगेको छ । कालो रायोको बीउ १० ग्रामको रु. १ सय १०, ब्रो काउली १० ग्रामको रु ७ सय , मुला सय ग्रामको रु. एक हजार ३ सय, सेतो सलगम सय ग्रामको रु. २ हजार ५ सय  र धनियाँ आधा किलोको मूल्य रु. ३ सय पर्छ ।

त्यसैगरी जिल्लामा उत्पादन भएका लोकल बीउमा चम्सुर मानाको रु. २ सय, पालुङ्गो एक पाथिको रु. ८ सय, रायो एक किलोको रु. ४ सय, गाठेमूला एक मानाको रु. २ सय ५०, चाइनिज प्याज एक मानाको रु. ५ सय, मद्रासी प्याज १ किलोको रु. १ हजार र नेपाली प्याज  प्रति किलोको मूल्य रु. २ हजार ५ सय रहेको छ ।

कृषि मजदुरको दैनिक ज्यालामा समेत अत्याधिक वृद्धि भएको छ । २ वर्षअघि दैनिक रु. २ सय ५० ज्याला भएकोमा हाल रु. ५ सय भएको छ । त्यस्तै रासायनिक मल, कृषिमा प्रयोग हुने अन्य सामग्रीको समेत अत्याधिक मूल्य वृद्धि हुँदा पनि कृषि कार्यालयले बजार अनुगमन तथा मूल्य नियन्त्रणको प्रयास नै नगरेको कृषकको गुनासो छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुङ्गानाले बीउबिजनको मूल्य वृद्धिबारे कृषकका गुनासो र उजुरी नआएको बताए । भक्तपुरका कृषक आफैँं बीउ उत्पादन गर्ने भएकाले कार्यालयले बीउ उपलब्ध नगराएको उनकाे भनाइ छ । “कृषक बीउबिजनको माग गर्न आएका छैनन्,” उने भने । भक्तपुरमा कृषकले आफूलाई पुग्ने बीउ आफैँं उत्पादन गरेको पाइएको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर