newskoseli.Com

७ नाइजर सैनिकको हत्या

 नाइजरमा बोको हराम इस्लामिस्ट समूहले गतहप्तादेखि २ छुट्टाछुट्टै इलामा गरेको आक्रमणमा कम्तीमा ७ नाइजर सैनिकको मृत्यु हुनुको साथै अन्य ८ जना घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ ।

दक्षिणपश्चिमी दिफ्फा क्षेत्रमा पर्ने नाइजेरियाको सीमानजिकै रहेको इलाकामा सो आक्रमण सेनाद्वारा मङ्गलबार अवेर राति प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

गत सोमबार बिहान भएको एक एबुम्स आक्रमणमा ५ सैनिक मारिनुको साथै अन्य ६ घाइते भएका बताइएको छ ।

त्यसैगरी गत सेप्टेम्बर ८ मा गस्तीमा रहेका सैनिकको सवारी साधनमा गरेको आक्रमणमा कम्तीमा २ सैनिक मारिनुको साथै अन्य २ घाइते भएका जारी सो विज्ञप्तिमा जनाइएको छ ।

यसै महिनाको सुरुमा सोही इलाकमा नाइजेरियासँग आवद्ध जिहादी समूहले गरेका अर्को एक आक्रमणमा ५ गाउँलेको मृत्यु हुनुको साथै अन्य २ घाइते भएका थिए ।

बोको हराम आतङ्ककारी समूहले गत ७ वर्ष यता गरेको हिंसा हत्यामा नाइजेरिया र सीमा क्षेत्रमा पर्ने छिमेकी मुलुक नाइजर, चाद र क्यामेरुनमा कम्तीमा २० हजार व्यक्तिको मृत्यु भइसकेको छ । बोको हराम आतङ्ककारी समूहद्वारा जारी यस हत्या, हिंसामा २६ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर