newskoseli.Com

मत्स्य उत्पादनका लागि ७५ प्रतिशत अनुदानको व्यवस्था

जिल्ला कृषि विकास कार्यालयले मत्स्य उत्पादनका लागि ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ । जिल्लाका २९ किसानका लागि  २० लाखको मत्स्य उत्पादन तथा उत्पादकत्व वृद्धि कार्यक्रम सुरु गरेको मत्स्य विकास अधिकृत पशुराम यादवले जानकारी दिए । कार्यालयले २१ दिने सूचना जारी गरी निवेदन माग गरेको छ ।

उक्त कार्यक्रमअन्तर्गत माछामार्ने महाजाल, डिफ्रिज र एरिएटर वितरण, ह्याचरी सुदृढीकरण, उन्नत जातको माउमा अनुदान र सीमान्तकृत समुदायका लागि अनुदानका कार्यक्रम रहेका छन् । कार्यक्रममार्फत १० वटा कृषक समूहका लागि महाजाल, चार किसानलाई डिफ्रिज र ५ किसानलाई एरिएटर उपलब्ध गराइनेछ ।

यस्तै ३ जना किसानलाई ह्याचरी सुधारका लागि उन्नत जातको माउ माछा वितरण तथा ७ जना सीमान्तकृत कृषकका लागि साझेदारीमा करेसा पोखरी निर्माणमा अनुदान दिइने छ । जिल्लामा १ हजार २ सय ५३ किसानले ५ सय ३९ हेक्टर जलाशयमा माछापालन गरेको कृषि कार्यालयले जनाएको छ । गत आवमा जिल्लामा २ हजार ३ सय ७२ मेट्रिक टन माछा उत्पादन भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर