newskoseli.Com

गजल

गाेविन्द लामिछाने

 

मर्नलाई सकिएन मर्छु भनेर पनि
सँधैभरि हाँसेकोछु पिडा खपेर पनि ।।

किन तिमी रातमा यादहरु पठाउँछ्यौ
उता दिनभरी पराईसँग डुलेर पनि ।।

हुँदोरहेछ आँसुमा वजन हुँदोरहेछ
मन हलुका भ़एकोछ आँसु बगेर पनि ।।

खुकुरी चाहिएन अचानो चाहिएन
मुटु टुक्रिरहेछ तिम्लाई सम्झेर पनि ।।

 

सिन्धुली, डम्बरखाँडी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर