newskoseli.Com

अलैँची खेतीमा चासो बढ्यो

अलैँची उत्पादनमा यहाँका किसान आकर्षित हुन थालेका छन् । वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईंका अनुसार भोर्ले, धैवुङ र लहरेपौवाको ओसिलो ठाउँमा कृषि कार्यालयमार्फत गत वर्षदेखि अलैँची खेतीे सुरुवात गरेपछि जिल्लाका सयौँ किसान यसप्रति आकर्षित भएका हुन् ।

किसानको माग र अलैँचीको उत्पादनमा सन्तुलन ल्याउन यहाँ कार्यरत आरटिज नामक गैरसरकारी संस्थाले यस वर्ष ठूलोगाउँ, डाँडागाउँ, हाकु र गतलाङका कृषक समूहलाई १६ हजार अलैँचीका बिरुवा वितरण गरिसकेको कृषि कार्यालयले जनाएको छ । अलैँचीको दाना प्रतिकिलो १ हजार बजार भाउ छ ।

कृषि कार्यालयको समन्वयमा आरटिज संस्थाले थुमन, चिलिमे, गोल्जुङ, गतलाङ, ठूलोगाउँ र डाँडागाउँ गाविसका किसानमाझ ६४ केजी चिराइताेको बीउसमेत वितरण गरेको जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर