newskoseli.Com

सिरियामा युद्धबिराम भए अमेरिका जिम्मेवार हुनुपर्ने

 सिरियामा भएका युद्धबिराम भङ्गका छिटफुट घटनामा अमेरिकाले आफ्नो भूमिकालाई बहन नगरेका कारण भएको भन्दै रसियाली सेनाले यदि सिरियाको युद्धबिराम भङ्ग भएमा यसको जिम्मेवारी अमेरिकाले लिनुपर्ने बताएको छ ।

“यदि अमेरिकी पक्षले सिरिया युद्धबिरामलाई निरन्तरता दिलाउन आफ्नो दायित्वलाई निर्वाह नगरी युद्धबिराम अन्त्य भएमा यसको सम्पूर्ण जिम्मेवारी अमेरिकाले लिनुपर्छ,” रसियाली सेनाका वरिष्ठ सैनिक जनरल भिक्टोर पोज्निरिवरले एक रसियाली टेलिभिजनमा भने ।

सिरियामा सन् २०११ देखि सुरु भएको द्वन्द्व अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको पहल तथा रसियाको मध्यस्थतामा यसै हप्ता युद्धबिराम सुरु भएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर