newskoseli.Com

संयुक्त राष्ट्र संघका महासचिवद्वारा निन्दा

भारत अधिनस्थ काश्मिरको उरीमा आइतबार १ जना आआत्मघाती आतङ्ककारीले गरेको क्रमणमा भारतीय सैनिकको मृत्यु भएकोमा संयुक्त राष्ट्र संघका महासचिव बान कि मूनले कडा शव्दमा निन्दा गर्नु भएको छ ।

राष्ट्रसंघीय महासचिवको कार्यालयद्वारा आइतबार प्रकाशित एक विज्ञप्तिमा उनले, शीघ्र नै आक्रमणकारीहरुको पहिचान हुने र अपराधीहरुलाई न्यायको कठघराभित्र ल्याइने अपेक्षा गरेका उल्लेख गरिएको छ ।

साथै, उल्लेख्य संख्यामा राष्ट्ररक्षक सैनिकहरुको एकसाथ मृत्यु भएकोमा भारत सरकारप्रति गहिरो सहानुभूति प्रकट गर्दै मृतक सेनाहरुप्रति श्रद्धान्जलि चढाउनुका साथै र उनीहरुका परिबारप्रति समवेदना व्यक्त गरेको र घाइते सैनिकहरुको शीघ्र स्वास्थलाभको कामना गरेको पनि सो विज्ञप्तिमा जनाईएको छ ।

भारत र पाकिस्तानको सीमारेखा (लाइन अफ कन्ट्रोल) मा अवस्थित विवादित काश्मिरको भारत अधिनस्थ क्षेत्रमा रहेको इलाका सैनिक कार्यालयमा गत आइतबार १ जना आत्मघाती आतङ्ककारीले गरेको आक्रमणमा परी १७ सेनाले ज्यान गुमाउनुका साथै २० जना सैनिकहरु घाइते भएका थिए ।

सो आत्मघाती आक्रमणकारीलाई सघाउने अन्य ४ जना सशस्त्र मतियारहरुलाई पहिचान गरी भारतीय सेनाले घटनास्थलमै मारिदिएका थिए । घटनास्थल, भारत अधिनस्थ काश्मिरको प्रान्तीय राजधानी सहर श्रीनगरबाट १ सय किलोमिटर पश्चिमोत्तर बरमुल्ला जिल्लाको उरी भन्ने ग्रामीण इलाकामा पर्दछ ।

विश्वमा सर्वत्र शान्ति र स्थायित्व कायम गर्नु संयुक्त राष्ट्रसंघको मूल उद्देश्य रहेको स्मरण गराउँदै महासचिव मूनले शान्ति र स्थायित्व विरोधी तत्वहरु कहिल्यै विजयी हुन नसक्ने बताउँदै वार्ता र समझदारीको मार्ग अनुसरण गरी समस्या समाधान गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर