newskoseli.Com

यस्तो छ गणेशमान सिंहको व्यक्तिवृत्त

नेपाली कांग्रेसले  पार्टीका शीर्ष नेता गणेशमान सिंहको स्मृतिमा देशव्यापी अन्तर्क्रियाको आयोजना गरी स्मृतिसभा सम्पन्न गरेको छ ।

पार्टीको केन्द्र, जिल्ला तथा क्षेत्रीय समिति भ्रातृ, शुभेच्छुक संस्था एवम् प्रतिष्ठानहरुले गणेशमानको व्यक्तित्व, योगदान र प्रजातन्त्रप्रतिको उन को निष्ठा र पार्टी त्यागका सम्बन्धमा केस्राकेस्रा केलाएका छन् । अधिकांश स्थानमा आयोजित समारोहमा वक्ताहरुले सिंहको योगदानको प्रशंसा गर्दै उनले देखाएको बाटोको अनुशरण गर्नुपर्ने धारणा राखेका थिए ।

विभिन्न सभा समारोहमा कांग्रेसले बाटो बिराएको, नेता र कार्यकर्ता पङ्क्ति गुट उपगुटमा विभाजन भएको, बिपीको आदर्श मूल्य र मान्यतालाई भुलेर पद, पैसा र प्रतिष्ठाका लागि काँग्रेसमा राजनीति गर्नेको लर्को लामबद्ध भएको टीकाटिप्पणी सुनिएको छ ।

गणेशमान सिंह प्रतिष्ठानले राजधानीमा गरेको एक अन्तर्किर्या कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले सिंहले अङ्गिकार गर्नुभएको पार्टीप्रतिको अनुशासन र समयलाई काँग्रेसजनले भुल्दै गएकामा चिन्ता व्यक्त गरे ।

“नेपाली काँग्रेसभित्र सिंहको मुक्तकण्ठले प्रशंसा गर्ने लर्को धेरै नै देखिन्छ । तर उनले लिएको विचारको अनुशरण गर्ने मानिस मैले देख्न छोडिसके” नेपाली काँग्रेस जिल्ला कार्यसमिति ललितपुरका पार्टी सभापति एवम् सांसद मदन अमात्यले भक्तपुरमा साेमबार आयोजित कार्यक्रममा भने ।

नेपाली कांग्रेस पार्टीको हालै काठमाडौंमा सम्पन्न तेहौं महाधिवेशनमा कांग्रेसले लिएको नीतिभन्दा पनि नेतापिच्छे कार्यकर्ताको विभक्त उपगुटले गणेशमानको आत्मामा ठेस पुगेको समेत स्वीकार गरिएको छ ।

कांग्रेसका संस्थापक नेता, वरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रका योद्धा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर, लौहपुरुष गणेशमान सिंहलाई प्रजातन्त्रका पीतासमेत भन्ने गरिन्छ । उनलाई नजिकबाट चिनेका वरिष्ठ पत्रकार माथवरसिंह बस्नेत त्यसका प्रतिमूर्ति हुनुहुन्थ्याे भन्छन् ।

तत्कालीन राजा स्व. वीरेन्द्रले २०४६ साल पछाडिको अन्तरिम सरकारमा उनलाई प्रधानमन्त्री भइदिन आग्रह गरेका थिए । उनले आफूभन्दा पनि अर्का व्यक्ति अर्थात् सन्तनेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री पद दिलाएर सर्वसाधारणलाई त्यागको उदाहरण देखाएका थिए।

प्रजातन्त्रका ढुकढुकीका रुपमा समाजले अहिले पनि सिंहलाई आदरपूर्वक लिने गर्छन् । खानदानी परिवारमा जन्मेर पनि जनताको दुःखको मुक्तिका लागि स्व. सिँहले प्रजा परिषद्को सदस्यता लिएर राजनीतिमा होमिउका थिए ।

विसं १९९७ मा स्थापना भएको नेपाल प्रजापरिषद् पहिलो राजनीतिक पार्टी हो । पार्टीको सदस्यता लिएपछि उनि राणाहरुको अत्याचारविरुद्ध लड्न तत्कालीन राणा हटाउ अभियान्ताका रुपमा राजनीतिमा आएका देखिन्छन् ।

उनको जन्म १९७२ सालमा काठमाडौंमा भएको थियो । उनका समकक्षी पूर्वसांसद लेखनाथ न्यौपाने सिंह दलगत स्वार्थभन्दा देश र प्रजातन्त्र ठूलो हुन्छ भन्नुहुन्थ्यो भन्छन्।

सिंह सत्य कुरामा कहिल्यै कसैसँग नडराउने र नझुक्ने निर्धक्कसँग बोल्ने निडर नेता हुनुहुन्थ्यो भन्छन् । लोकतन्त्रका अनुयायीले उनलाई यसैगरी आत्मसात् गरेको देखिन्छ ।

सिंहले साइकल चढेकामा तत्कालीन राणाहरु उनको इष्र्या गर्थे । उनलाई दुःख दिन्थे । उनको साइकल तोडफोड गरिदिन्थे र उनलाई कुटपिट पनि गर्थे । तर उनि राणासँग सम्झौता होइन लड्नुपर्छ, अन्याय सहने होइन, त्यसको विरुद्धमा लड्नुपर्छ भन्नुहुन्थ्यो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सिंह प्रतिबद्ध, अठोट भएको मुक्तियोद्धाका रुपमा उनलाई चिनेको बताछन् । राणाशासनको अत्याचारविरुद्ध बिद्रोहको ज्वारभाटालाई चिर्दै अगाडि बढेका लौहपुरुषलाई विलासिता र मोजमस्तीले कहिल्लै छोएन ।

जनताले राणाको अत्याचारविरुद्ध बोल्न नपाउने र जनताको छोराछोरीले पढ्न नहुने राणाको अत्याचारविरुद्ध धावा बोलेका सिंहले २०४६ सालमा वामपन्थी शक्तिलाई एकजुट गरी पञ्चायतविरुद्ध लड्दै मुलुकमा बहुदलीय प्रजातन्त्रको स्थापना गराई नयाँ संविधान दिलाएका थिए ।

“प्रजातन्त्र र राष्ट्रियता १ सिक्काका २ पाटा हुन् ।” लौहपुरुष भाषणमा सधैँ भन्थे । त्यसैले होला ! भद्रगोल जेल फोडेर भारत पुगे । त्यहाँ उनले बिपी कोइरालासँग मिलेर नेपाली कांग्रेस पार्टीको २००३ सालमा स्थापना गर्न साथ दिए ।

प्रजातन्त्रका खातिर हरेक आरोह अवरोह, पटकपटकको जेल जीवन दुःख र हन्डरका बाबजुत उनको २०५४ असोज २ गते ८२ वर्षको उमेरमा निधन भयो ।

नेपाली कांग्रेसको झापा जिल्लाको कलबलगुढीमा सम्पन्न आठौँ महाधिवेशनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग सिंहको मतभेद हुनपुग्यो । तत्पश्चात् उनले नेपाली कांग्रेस छोडे । तर उनलाई नेपाली कांग्रेसले कहिल्यै छोडेन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर