newskoseli.Com

बुट्यानले लुकाउँदै अजयमेरुकोटस्थित मल्ल राजाको दरबार

तेह्रौं शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको अजयमेरुकोट हालसम्म आइपुग्दा स–साना बुट्यान र झाडीभित्र हराउँदै गइरहेको छ ।

गृष्मकालीन मौसममा बस्नका लागि निर्मित कोट संरक्षण र सरसफाइका अभावले बुट्यानभित्र हराउनाका साथै इतिहास नै खतरामा परिरहेको कोट अवलोकनकर्ता बताउँछन् । अजयमेरुकोटस्थित मल्ल राजाको दरबार पूर्ण रुपमा हराइसकेको छ भने रानीले रानीतालमा नुहाउन जाने गुफा पनि भरिँदै आइरहेको स्थानीयवासीको भनाइ छ ।

घोडा राख्ने तबेलाको नक्सा मात्रै बाँकी रहेको तथा नौला, देवलको संरचना केही हराइसकेका र केही जीर्ण अवस्थामा रहेको कोट संरक्षण समितिका सचिव राजबहादुर सेटीले बताए । पुराना कला र शैलीमा निर्माण गरिएका नौला, देवलको भौतिक र प्राचीन धरोहरको इतिहास मेटिँदै गइरहेको स्थानीयवासी बुद्धिजीवी र इतिहासका जानकारको भनाइ छ ।

सो भेगकै शक्तिशाली राजाका रुपमा रहेका नाग मल्लले राज्य सञ्चालन गर्नका लागि निर्माण गरेको कोटको सम्बर्द्धन नहुँदा पर्यटकीय दृष्टिकोणले मुनाफा लिन नसकिने स्थानीय समैजी प्रावि, हाटका प्रअ तेजबहादुर रावतले बताए । आफूले पर्यटकलाई आकर्षण गर्न र उनीहरुको सेवा सुविधा ध्यानमा राखेर स्थानीय हाट गाउँमा नै घरबास सञ्चालनमा ल्याइएको भए तापनि संरचना नै ओझेलमा पर्दा गाउँलेले गरेको प्रयास धराशायी भएको समैजी प्राविका शिक्षक हिरा सेटीले बताए ।

कोटभित्रका गुफा, रानीले नुहाउने पोखरी, प्राचीन शैलीका नौला, देवललाई मात्र उही आकारमा निर्माण गर्न सक्ने हो भने आन्तरिक र बाह्य पर्यटकको ओइरो लाग्ने स्थानीयवासी बताउँछन् । जीर्ण भवनबाट १०औं फिट लामा ढुङ्गाको चोरी भइसकेको तथा देवल नौला वरिपरिको जमिन स्थानीयवासीले अतिक्रमण गरेको अजयमेरुकोटको भ्रमण गरी आउने पर्यटकको भनाइ छ ।

डडेल्धुरा जिल्लाको अजयमेरु गाविसस्थित अजयमेरु कोटको संरक्षण तथा संबद्धँन हुन नसक्दा १ हजार ३ सय वर्ष पुरानो इतिहास मेटिने खतरा मात्रै नभई सो भेगकै राम्रो पर्यटकीय क्षेत्रको नामोनिसान समेत मेटिँदै गर्दा कसैले ध्यान नदिनु दुःखद भएको डडेल्धुरा स्याउबारी भ्यु टावरका सञ्चालक तथा पर्यटन व्यवसायी सुदाम थापाले बताए ।

वि.सं. ११९१ मा निर्मित ऐतिहासिक दरबारको हाल भग्नावशेष पनि स–साना बुट्यान तथा झाडीले छोपिरहेको तथा देवल समेत जीर्ण भइसकेका छन् । पुरातत्त्व विभागले राष्ट्रिय सम्पदा सूचीमा राख्नका लागि त्यस क्षेत्रमा रहेका ढुङ्गा तथा देवलमा नं राखिएको भए तापनि स्थानीयवासीको लापरबाही र सरोकार भएकाहरुको ठोस पहल नहुँदा ऐतिहासिक तथा धार्मिक अजयमेरुको इतिहास मेटिँदै गइरहेको छ ।

संरक्षण र संवद्र्धन हुन नसक्दा कोट क्षेत्रमा रहेको गुफा बन्द भइसकेको छ भने अजयमेरुकोट क्षेत्रमा रहेका ऐतिहासिक पानीका नाला क्रमिक रुपमा जीर्ण बन्दै गएका छन् । जमिन अतिक्रमण गरेर खेती गर्नाले देवल तथा कोट हेर्न जाने आन्तरिक तथा बाह्य पर्यटकलाई अवलोकन गर्न बाटो समेत नहुँदा समस्या हुने गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर