newskoseli.Com

स्कुल दूध दिवस सुभारम्भ गर्ने

नेपालमा पहिलोपटक विश्व स्कुल दूध दिवस मनाइने भएको छ । विश्वमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी असोज १२ गते विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थ पिलाएर सो दिवस सुभारम्भ गर्ने नेपाल डेरी एसोसिएसनले जनाएको छ ।

यही असोज ११ र १२ गते मनाइने उक्त दिवसको पहिलो दिन एसोसिएसनबाट प्रकाशित डेरी दर्पण २०७३ विमोचन र दुग्ध पदार्थ तथा उपकरणको प्रदर्शनी गरिने छ । काठमाडौंस्थित बानेश्वर ब्याङ्क्वेटमा हुने उक्त कार्यक्रममा दुग्ध व्यवसायी, किसान, दाना व्यवसायीलगायतका विभिन्न स्टल राखिने छ ।

बजारमा दूधको माग दैनिक ९६ लाख लिटर भएपनि दैनिक ४८ लाख दूध उत्पादन हुने गरेकाले माग धान्नका लागि नेपाल दुग्ध विकास संस्थान र नेपाल डेरी एसोसिएसन आयात गर्न बाध्य भएको एसोसिएनका अध्यक्ष सुमित केडियाले अाइतबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

अर्थतन्त्रमा प्रमुख हिस्सा रहेको दूध र दुग्धजन्य पदार्थकोे कुल ग्राहर्स्थ उत्पादनमा ९ प्रतिशत योगदान छ । दूध र दुग्धजन्य पदार्थ बिक्रीबाट किसानले वार्षिक करिब  १२ अर्ब रूपैयाँ आम्दानी गर्दै आएका छन् ।

दूधको कारोबारबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ४ लाख ५० हजार व्यक्तिले रोजगार पाइरहेककाले यसलाई व्यवसायीकरण गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन्। पूर्व पशुपक्षी विकासमन्त्री शान्ता मानवीले आगामी ३ वर्षमा नेपाललाई दूधमा आत्मानिर्भर गराउनुपर्नेमा जोड दिएकाका छन् ।

नेपाली समाजमा प्रतिव्यक्ति प्रतिवर्ष दूध ६४ लिटर उपभोग भएको पाइन्छ । विश्व खाद्य सङ्गठनका अनुसार प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यक पर्छ । पशुपक्षीजन्य उत्पादनमा उच्च आर्थिक वृद्धिदर हासिल गर्न राष्ट्रिय पशुपक्षीपालन नीति कर्यान्वयनमा ल्याउनुपर्ने र पशु स्वास्थ्य तथा पशुसेवा ऐन, पशु बद्यशाला तथा मासु जाँच ऐन, दान ऐन, बिमा ऐन परिमार्जन गर्नुपर्ने, पशुकल्याण ऐन, पशुपक्षी व्यवसाय प्रवद्र्धन तथा बजार ऐन, पशु औषधि ऐन र पशु सरुवा रोग ऐन तर्जुमा गरी दिगो आर्थिक विकास हासिल गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर