अमेरिकी राष्ट्रपति बाराक ओवामाले मङ्गलबार ५० वर्षपछि पहिलो पटक क्युवाका लागि राजदूत नियुक्त गएका छन् । राष्ट्रपति ओवामाले जेफ्री डेलौरेन्ट्सलाई क्युवाका लागि राजदूत नियुक्त गरेकोमा आफूलाई गौरव लागेको विज्ञप्तिमार्फत् जनाएका छन् ।
जेफ्रिले क्युवामा पुगेर निकै महत्वपूर्ण नेतृत्वदायी भूमिका खेल्नुहुने ओवामाको विश्वास छ । राजदूतको नियुक्तिपछि पूर्वप्रतिद्वन्द्वी अमेरिका र क्युवावीचको सम्वन्धमा सुधारआई सामान्य अवस्थामा पुग्ने उनको अपेक्षा छ ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसले निकालेको विज्ञप्तिमा राष्ट्रपति ओवामाले जेफ्रिलाई कुटनीतिक क्षेत्रमा राम्रो दख्खल भएका अनुभवी व्यक्तित्वका रुपमा प्रशंसा गएका छन् । झन्डै ५ दशकदेखिको २ पक्षीय द्वन्द्व अन्त्य गर्दै गत सन् २०१५ को जुलाइमा अमेरिका र क्युवावीचको कुटनीतिक सम्वन्ध पुनःआरम्भ गरिएको थियो