
स्थानीयले रोप्न छाडेपछि कृष्णसाली जातको धानको बीउ सङ्कटमा परेको छ । उत्पादन कम हुने भन्दै स्थानीयले विभिन्न उन्नत जातका धानको बीउ रोप्न थालेपछि सो जातको बीउ सङ्कटमा परेको हो ।
त्रिपुराकोट–२ का नन्दसिंह थापा बर्सेनि थोरै जमिनमा लगाइने गरेपछि कष्णसाली लोप हुने खतरा बढेको बताउछन् । सङ्कटमा परेपछि स्थानीयले बीउ संरक्षणका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।