भारत र पाकिस्तानको सीमानामा पर्ने भारत प्रशासित क्षेत्र जम्मुकाश्मिरमा बिहीवार भारतीय र पाकिस्तानी सैनिकबीच दोहोरो गोली हानाहान हुँदा कम्तीमा २ जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ । स्थानीय समयानुसार बिहीवार बिहान २ः३० बजेबाट सुरु भएको दोहोरो भिडन्त बेलुका ८ बजेसम्म चलेको थियो । भारतीय सेनाले बिहीबारको दोहोरो हमलाबारे पुष्टि गरेको छ ।
भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले आतङ्कवादीको इलाकामा हमला गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले राष्ट्र बचाउनका लागि सेनाले आफ्नो जिम्मेवारी निर्वाहका क्रममा उक्त घटना भएको बताए । “सीमा नियन्त्रण रेखामा आतङ्कवादीहरु जम्मा हुँदैछन् भन्ने जानकारी पाएपछि भारतीय सेनाले बुधवार राति उनीलाई कारबाही गरेको हो ।” उनले भनेका छन् ।
गत सेक्टेम्बर १८ भारत प्रशासित काश्मिरको गरीमा माभएका हमलामा परी १७ जना भारतीय सैनिक मारिएपछि २ मुलुकबीच तनाव बढेको छ । उक्त हमलामा पाकिस्तानको हात रहेको भारतले आरोप लगाउँदै आएपनि पाकिस्तानले भने सो आरोपको खण्डन गर्दै आएको छ । यसअघि सन् २००३ मा यी २ मुलुकले युद्धविरामको घोषणा गरेका थिए ।