newskoseli.Com

स्थानीय जातका बीउबिजनको संरक्षण गर्नुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय जातका बीउबिजनको संरक्षणमा कृषिसँग सम्बन्धित निकायको ध्यानाकर्षण गराएकि छिन् । कृषि सम्बन्धित कार्यालयका गतिविधिका बारेमा बिहीबार यहाँ जानकारी लिएपछि उनले नयाँ नयाँ प्रविधिको प्रयोग गरी कृषिको आधुनिकीकरण गर्न कृषि प्राविधिकको भूमिका महत्वपूर्ण हुने बताइन् ।

कृषि क्षेत्र अझै पनि पछाडि परेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले सरकारले पनि यस क्षेत्रलाई जनशक्तिको अभाव हुन नदिई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । सो अवसरमा क्षेत्रीय कृषि निर्देशक धनबहादुर घर्तीले कृषि क्षेत्रमा देखापरेका समस्याका बारेमा राष्ट्रपतिसक्षम जानकारी गराएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर