newskoseli.Com

आगलागीका कारण ५ बालबालिकाको मृत्यु, ६ जना घाइते

पाकिस्तानको दक्षिणी क्षेत्रमा पर्ने मिरपुर खास जिल्लामा अवस्थित एउटा बालगृहमा भएको आगलागीमा परी ५ जना बालबालिकाको मृत्यु भएको छ । घटनामा परी अन्य ६ जना घाइते भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सिन्ध प्रान्तको लियाकट नगरमा रहेको पाकिस्तान स्विट होम्स् नामक सार्वजनिक बालगृहमा बस्ने बालबालिकाले अज्ञानताबस अत्तर (बडी पर्फ्युम) लाई लामखुट्टे धपाउन बालेको धुपमा छर्केपछि आगलागी शुरु भएको यहाँको सामा समाचार संस्थाले जनाएको छ ।

अग्नी नियन्त्रक र उद्धार टोलीले घाइतेहरुलाई तत्काल नजिकैको अस्पतालमा लगेका थिए । आगलागी भएका बेला आगलागी भएको कोठामा ११ जना बालबालिका रहेको प्रहरीले जनाएको छ

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर